काठाडौं, नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्कासँग भेट गरेका छन् । सभापति थापा खड्कासँग भेट गर्न उनको गल्फुटारस्थित निवास पुगेका हुन् ।सचिवालयका अनुसार सभापति थापा बिहान ११ बजे उपसभापति विश्वप्रकाश शर्माका साथ खड्का निवास पुगेका थिए । उनीहरू बीच साढे १ घण्टा कुराकानी भएको खड्काका स्वकीय सचिव गौतम बीसीले जानकारी दिए ।
यसअघि मंगलबार बेलुकी हुने भनिएको नेतात्रयबीचको भेटघाट अन्तिम समयमा स्थगित भएको थियो । त्यसअघि सभापति थापाल् बिहान नेता डा. शेखर कोइरालासँग भेट गरेका थिए ।
सभापति थापाले ६ वैशाखमा पनि गल्फुटार पुगेर निवर्तमान कार्यवाहक सभापति खड्कासँग भेटघाट गरेका थिए । दुई नेताबीच भएको भेटवार्ताबारे अहिलेसम्म केही खुलाइएको छैन ।