spot_img

प्रधानमन्त्रीले आफ्ना मान्छेलाई प्रधानन्यायाधीश बनाउन अनेक जालझेल गर्दैछन्ः सभापति गगन थापा

spot_img

काठमाडौँ, प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रधानमन्त्री बालेन्द्र शाहले आफ्ना मान्छेलाई प्रधानन्यायाधीश बनाउनका लागि अनेक जालझेल गरिरहेको आरोप लगाएका छन् ।

पार्टी संसदीय दलको बैठकपछि बुधबार सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै उनले प्रधानमन्त्री शाहले आफ्ना मान्छेलाई प्रधानन्यायाधीश बनाउन संवैधानिक परिषद्सम्बन्धी अध्यादेश ल्याएको जिकिरसमेत गरे । संसद्‍ अधिवेशन आह्वान र बन्द गर्ने खेल सरकारले आफ्नो मान्छेलाई प्रधानन्यायाधीश बनाउनका लागि रचिएको प्रपञ्च भएको सभापति थापाको टिप्पणी छ ।

उनले प्रधानमन्त्री शाहले संवैधानिक परिषद्माथि आफ्नो नियन्त्रण कायम गर्न सो सम्बन्धी कानुन अध्यादेशमार्फत संशोधन गराएको पनि बताए । प्रधानमन्त्री शाहका मान्छेलाई प्रधानन्यायाधीश बनाउने कुरा कांग्रेसलाई मान्य नहुने चेतावनी समेत सभापति थापाले दिए ।

‘आफूले खल्तीबाट झिकेको नामलाई प्रधानन्यायाधीश बनाउने । जसलाई मन लाग्यो, त्यसलाई बनाउने । त्यहाँभित्र अमङ द उम्मेदवार । यो कुरा सोचेर संवैधानिक परिषद्लाई आफ्नो नियन्त्रणमा राख्नका लागि संसद् आह्वान गर्ने, संसद् बन्द गर्ने सबै प्रपञ्च रचिएको छ,’ उनले भने, ’अगाडिको प्रधानमन्त्रीले ठ्याक्कै यही गर्नुभयो । त्यो बेला हामीले रोक्यौँ । अब अहिले हामीले रोक्न सकेनौँ । किनकि यो अध्यादेश बनेर गयो । यो भन्दा अगाडिको प्रधानमन्त्रीले आफ्नो मान्छे नियुक्तिका लागि पूरै जालझेल गर्नुभयो । अहिलेको प्रधानमन्त्रीले पनि त्यही जालझेल गर्दै हुनुहुन्छ । यो आपत्तिजनक छ ।’

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img