spot_img

प्रशिक्षणमा सबै सांसद उपस्थित नभएपछि रास्वपा उपनेता गणेश पराजुलीले भने– मूल्याङ्कन गरिनेछ

spot_img

काठमाडौँ, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले शनिबारदेखि सुरु गरेको दोस्रो चरणको प्रशिक्षण कार्यक्रममा सबै सांसदको उपस्थित नभएपछि दलका उपनेता गणेश पराजुलीले आपत्ति जनाएका छन्।

प्रशिक्षण कार्यक्रम भन्दा पनि आफ्नो कामलाई महत्व दिएको भन्दै मूल्याङ्कन गरिने चेतावनी दिएका छन्। कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने– ‘सांसदहरुको क्षमता विकासका लागि आयोजना गरिए यस्ता कार्यक्रमलाई कम महत्व दिइनु र त्यसपछि आफ्ना अन्य कामलाई प्राथमिकतामा राखिनु भनेको संसदीय भुमिकाबाट बिमुख हुने प्रयास गर्नु हो। पार्टी र संसदीय दलको तर्फबाट यी कुरालाई मुल्यांकन गरिनेछ।’

उनले कार्यक्रम ११ बजेका लागि बोलाइएको तर ढिला गरी सांसद उपस्थित भएकोप्रति पनि आपत्ति जनाए। प्रशिक्षण केवल औपचारिक कार्यक्रम मात्र नभएर आत्ममुल्याङ्कन गर्ने, सिक्ने, अनुभव आदान–प्रदान गर्ने र भविष्यको राजनीतिक संस्कार निर्माण गर्ने अवसर रहेको उनको भनाइ छ।

जनताले केवल नयाँ अनुहार मात्र नभएर नयाँ सोच, संस्कार र कार्यशैली खोजिरहेको भन्दै त्यसप्रकारको कार्यशैली आफूहरूको हुनुपर्ने उनले बताए। रास्वपाले सुरुदेखि नै सुशासन, पारदर्शिता, जवाफदेहिता र परिणाममुखी राजनीतिलाई आफ्नो मुल आधार बनाएको र पार्टीको वाचा पत्र, सरकारका १ सय प्राथमिकता तथा जनतासंग गरेका प्रतिवद्धताहरुलाई व्यवहारमा उतार्न सक्षम सांसद र सशक्त संसद आवश्यक रहेको पारजुलीको भनाइ छ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img