spot_img

ललितपुरको महालक्ष्मी नगरपालिका वडा नं. ७ चाङ्गाथलीमा नवनिर्मित टिकाथली स्वास्थ्य चौकीको नयाँ भवन उद्घाटन

spot_img

महालक्ष्मी नगरपालिका वडा नं. ७ चाङ्गाथलीमा नवनिर्मित टिकाथली स्वास्थ्य चौकी नयाँ भवनको छ।
शनिबार बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापा मगरले नव निर्मित भवनको उद्घाटन गर्नुभएको हो। नगर प्रमुख हरिगोविन्द श्रेष्ठ अध्यक्षता गरेको विशेष कार्यक्रममा प्रमुख अतिथि मन्त्री मगर,विशेष अतिथि नगर उपप्रमुख लक्ष्मी महर्जन,अतिथिहरु प्रमुख प्रशासकीय अधिकृत अमित ढुंगाना,जिल्ला जनस्वास्थ्य प्रमुख डा.खगेस्वर गेलाल,कार्यक्रम संयोजक तथा वडा न.७ का अध्यक्ष बाबुराजा महर्जनको उपस्तिथि रहेकोे थियो।

कार्यक्रममा अन्य वडाका अध्यक्षहरु,नगरपालिकाका कर्मचारी,वडाका जनप्रतिनिधि र कर्मचारी,स्थानीय बुद्धिजिवि र जनताको बाक्लो उपस्थितिमा भवन उद्घाटन कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रममा स्वागत मन्तव्य राख्दै कार्यक्रम संयोजक तथा वडा न.७ का अध्यक्ष बाबुराजा महर्जनले प्रदेश सरकार र नगरपालिकाको बजेटबाट स्वास्थ्य चौकी भवन बन्न सफल भएको भन्दै यो कार्यमा सहयोग गर्ने सबैलाई धन्यवाद दिए। अब सेवा बिस्तरमा पनि सहयोग अपेक्षा रहेको भन्दै जनतालाइ पनि स्वास्थ सेवा भरपुर लिन अपिल गरे।
यस्तै प्रमुख अतिथि मन्त्री किरण थापा मगरले प्रदेश सरकारले स्वास्थ क्षेत्रलाई विशेष प्राथमिकता राखेको जानकारी दिनुभयो। स्थानीय सरकारसंग समन्वय गरेर हरेक बिकासमा आफू सहयोग गर्न तयार रहेको उहाँको भनाइ थियोे। स्वास्थ चौकीमा अन्य प्राबिधिक सहयोग गर्न तयार रहेको उहाँको दाबी छ।
कार्यक्रममा बोल्दै नगर प्रमुख हरिगोबिन्द श्रेष्ठले नगरभित्र स्वास्थको क्षेत्रमा नगरपालिकाले बिशेष ध्यान केन्द्रित गरेर धेरै वडाको स्वास्थ भवन निर्माण सम्पन्न र सेवा बिस्तार भएको बताउनु भयो। मेयर जनता कार्यक्रम,उप मेयर सुत्केरी कार्यक्रम देखि बजेट बिनियोजनमा स्वास्थ क्षेत्रलाई विशेष प्राथमिकता दिएको प्रमुख श्रेष्ठको दाबी छ।
कार्यक्रममा बोल्ने अन्य वक्ताहरुले शहरि क्षेत्रमा सहरी स्वास्थ चौकीको सेवासुबिधा लिन जनताको पबि चासो हुनुपर्ने धारणा राखेका थिए।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img