spot_img

मुख्यमन्त्रीको शपथ लिएपछि विजयले गरे ३ निर्णय

spot_img

तमिलनाडु मुख्यमन्त्रीको शपथ लिएपछि विजय थालापतिले तीन निर्णय गरेका छन्।आइतबार चेन्नईमा शपथपछि उनले तीनवटा निर्णयमा हस्ताक्षर गरेको बिबिसीले जनाएको छ।उनले प्रत्येक परिवारलाई २०० युनिटसम्मको बिजुली निःशुल्क, लागुऔषध दुव्र्यसनी हटाउन प्रत्येक जिल्लामा विशेष बल बनाउने र महिलाहरूको सुरक्षाका लागि एउटा स्पेशल टास्क फोर्स गठन गर्ने निर्णय गरेका छन्।

उनी नेतृत्वको तमिलगा वेत्री कजगम (टिभिके)ले बहुमत जुटाएपछि राज्यपाल राजेन्द्र अर्लेकरले विजयलाई आइतबार मुख्यमन्त्री नियुक्त गरेका थिए।आइतबार बिहान १० बजे चेन्नईस्थित नेहरू स्टेडियममा शपथ लिएका हुन्।त्यस्तै बुसी एन आनन्द, आधव अर्जुन, केजी अरुणराज, केए सेंगोट्टैयन, पी वेंकटरमणन, सीटीआर निर्मलकुमार, ए राजमोहन, टी के प्रभु र एस कीर्तनाले मन्त्रीको शपथ लिए।

टिभिकेलाई कंग्रेस आई, सिपआई, सिपिएम, विदुथलाई चिरुथैगल कच्ची (भीसीके) र इन्डियन युनियन मुस्लिम लिग (आईयूएमएल)ले समर्थन दिएको छ।२३४ सदस्यीय तमिलनाडु विधानसभा निर्वाचनमा टिभीकेले १०८ सिट जितेको थियो। विजय स्वयं दुई सिटबाट निर्वाचित भएकाले एक सिट छाड्नुपर्नेछ। त्यसपछि टिभीकेको संख्या १०७ मा झर्नेछ र सदनको प्रभावकारी संख्या २३३ हुनेछ। बहुमतका लागि ११७ सांसद आवश्यक पर्नेछ।

कांग्रेससँग ५ सिट छ भने सीपीआई, सीपीएम, भीसीके र आईयूएमएलसँग दुई–दुई सिट छन्। यी दलको समर्थनपछि टिभीके पक्षमा १२१ सिट पुगेको छ, जुन बहुमतका लागि आवश्यक संख्याभन्दा बढी हो।

उनले मे १३ भित्र विधानसभाबाट विश्वासको मत लिनुपर्नेछ।विजयले २०२४ मा मात्रै टिभिके स्थापना गरेका थिए। स्थापनाको दुई वर्षमै विजयको पार्टी सत्तामा आएको हो।विजयले कुनै गठबन्धन नगरी एक्लै सबै २३४ सिटमा उम्मेदवारी दिएका थिए।यसपालिको चुनावमा उनले सिठ्ठी अभियान सञ्चालन गरेका थिए। उनले आफूलाई हरेक तमिल परिवारको सदस्यका रूपमा प्रस्तुत गर्दै सिठ्ठीलाई परिवर्तनको प्रतीक बनाएका थिए।

विजयले डीएमकेलाई खराब शक्ति भन्दै सिठ्ठी अभियानमार्फत सत्ताबाट हटाउने दाबी गरेका थिए। नतिजा पनि त्यस्तै आयो।चुनावी प्रचारका क्रममा विजयले डिएमकेलाई राजनीतिक र भाजपालाई वैचारिक शत्रु भनेका थिए। त्यसकारण कुनै दलसँग पनि गठबन्धन नगर्ने बताएका थिए।

सन् १९७४ मा चेन्नईमा जन्मिएका विजय प्रसिद्ध निर्देशक एस.ए. चन्द्रशेखरका छोरा हुन्।बाल कलाकारका रूपमा फिल्म यात्रा सुरु गरेका उनले ‘गिल्ली’, ‘कथी’, ‘मर्सल’ र ‘बिगिल’ जस्ता हिट फिल्ममार्फत थालापति (कमाण्डर) को छवि बनाएका थिए।सन् २०२४ फेब्रुअरी २ मा उनले औपचारिक रूपमा टिभिके स्थापना गरेका थिए। सो पार्टी सेप्टेम्बर ८ मा मात्रै निर्वाचन आयोगमा दर्ता भएको थियो।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img