spot_img

प्रचण्ड-माधवका डोल्पा अध्यक्ष ओलीतिर, दुईजनाले सचिव पद अस्वीकार गरे

spot_img

नेकपा दाहाल-नेपाल समूहले डोल्पा जिल्ला अध्यक्ष तोकेका दत्तबहादुर रोकायाले आफू केपी ओली समूहको नेकपामा रहेको बताएका छन्।आफूलाई थाहै नदिइ जिल्ला अध्यक्ष तोकिएको खबर पाएपछि उनले दाहाल-नेपालको निर्णय अस्वीकार गरेका हुन्। रोकायाले आफू ओली नेतृत्वको नेकपाको चुनावी अभियानमा रहेको बताउँदै दाहाल(नेपालको अध्यक्ष पद अस्वीकार गरिदिएका हुन्।

’मेरो नाम अर्को समूहको अध्यक्षमा राखिएकामा असहमति छ,’ उनले भनेका छन्। रोकाया साविक नेकपा एमालेको जिल्ला अध्यक्ष थिए। तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच एकीकरणपछि पनि अध्यक्ष नै थिए।दुई सचिवद्वारा अस्वीकारदाहाल-नेपाल समूहका दुईजना नेताले जिल्ला सचिव पद अस्वीकार गरेका छन्। काठमाडौं जिल्ला कमिटी सचिवमा तोकिएका हिमाल शर्मा र भोजपुरका जिल्ला कमिटी सचिव विमल खड्काले उक्त पद अस्वीकार गरेका हुन्।

दाहाल-नेपाल समूहले काठमाडौंमा वसन्त मानन्धर र भोजपुरबाट शरण कुमार राईलाई जिल्ला अध्यक्ष बनाएको थियो। शर्माले आफू केन्द्रीय कमिटी सदस्य रहेकाले अरु साथीहरुलाई जिम्मेवारी दिन भनेका छन्।खड्काले भने आफूलाई छाडेर अर्कै समूहको नेतालाई जिल्ला अध्यक्ष बनाएको भन्दै असन्तुष्टि जनाएका छन्। भोजपुरमा माधव नेपालनिकट शरण कुमार राईलाई अध्यक्ष तोकिएको छ।दाहाल-नेपाल समूहले सोमबार ७७ मध्ये ६८ जिल्लाको नेतृत्व बाँडफाँड गरेको छ । जसमा ३५ जिल्ला तत्कालीन माओवादी र ३३ जिल्ला तत्कालीन एमाले समूहले नेतृत्व पाएको छ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img