spot_img

एसइईको नतिजा भोलि प्रकाशन गर्ने तयारी

spot_img

माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजा मंगलबार प्रकाशन गर्ने तयारी छ । राष्ट्रिय परीक्षा बोर्डले नतिजा प्रकाशनका लागि सबै प्राविधिक तयारी भइसकेको जनाएको छ । ‘प्राविधिक रूपमा सबै तयारी भइसकेको छ । शिक्षा मन्त्रालय, सचिवज्यू र बोर्डको बैठक बसेर नतिजा प्रकाशन गर्ने हो, सम्भवतः मंगलबार नतिजा प्रकाशन हुन्छ,’ बोर्डका डेपुटी कन्ट्रोलर विष्णु ज्ञवालीले भने, ‘यसपटक परीक्षा केन्द्रमै कापी परीक्षण गरिएका कारण नतिजा प्रकाशन पनि छिटो हुने अवस्था बनेको हो, अन्य वर्षहरूमा कापी परीक्षणमा मात्रै एक महिना लाग्थ्यो ।’

एसइई सकिएपछि ५ वैशाखमा ७७ वटै जिल्लाका उत्तरपुस्तिका र अंक सानोठिमीस्थित परीक्षा केन्द्रमा ल्याइएको थियो । त्यसपछि प्राविधिक सत्रको कार्य सुरु भएको थियो । १९ देखि २९ चैतसम्म भएको एसइईमा नियमिततर्फका चार लाख ४६ हजार ५७६ र ग्रेडवृद्धितर्फका ६३ हजार ४८५ विद्यार्थी सहभागी थिए । दुई लाख ५७ हजार ५२७ छात्रा र दुई लाख ५२ हजार ४३४ छात्रले परीक्षामा भाग लिएका थिए ।

विगतका वर्षहरूमा एसइईको नतिजा सार्वजनिक गर्न तीन महिना समय लाग्ने गरेको थियो । यसपपटक भने एसइई निर्देशिका नै परिमार्जन गरेर सरकारले एक महिनामै प्रकाशन गर्न लागेको हो । विगतका वर्षहरूमा नतिजा धेरै कुर्नुपर्दा विद्यार्थी पनि के पढ्ने भनेर अन्योलपूर्ण अवस्थामा पुग्ने गर्थे । यसपटक समयमै नतिजा प्रकाशन हुने भएपछि विद्यार्थीलाई एसइईपछिको बाटो तय गर्न सहज हुने अनुमान गरिएको छ ।

राष्ट्रिय परीक्षा बोर्डका डेपुटी कन्ट्रोलर विष्णु ज्ञवालीले भने–प्राविधिक रूपमा सबै तयारी भइसकेको छ । शिक्षा मन्त्रालय, सचिवज्यू र बोर्डको बैठक बसेर नतिजा प्रकाशन गर्ने हो, सम्भवतः मंगलबार नतिजा प्रकाशन हुन्छ । यसपटक परीक्षा केन्द्रमै कापी परीक्षण गरिएका कारण नतिजा प्रकाशन पनि छिटो हुने अवस्था बनेको हो, अन्य वर्षहरूमा कापी परीक्षणमा मात्रै एक महिना लाग्थ्यो ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img