spot_img

एसइई नतिजामा ४.१७ प्रतिशतले सुधारः३४.०२% ननग्रेडेड,कहिले हाेला माैका परिक्षा ?

spot_img

माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजामा ४.१७ प्रतिशतले सुधार आएको छ । राष्ट्रिय परीक्षा बोर्डले सोमबार सार्वजनिक गरेको ०८२ को एसइईको नतिजाअनुसार (६५.९८ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् भने ३४.२ प्रतिशत नन्ग्रेडेड भएका छन् । ०८१ को एसइईमा भने दुई लाख ७१ हजार २९९ (६१.८१ प्रतिशत) उत्तीर्ण भएका थिए ।

सोमबार नतिजा प्रकाशनको जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा राष्ट्रिय परीक्षा बोर्डका परीक्षा नियन्त्रक टुकराज अधिकारीले नियमिततर्फ दुई लाख ८४ हजार १६० विद्यार्थी उत्तीर्ण भएको र एक लाख ४६ हजार ५०७ नन्ग्रेडेड भएको बताए । गत चैत १९–२९ सम्म सञ्चालित परीक्षामा पाँच लाख १२ हजार ४२१ सहभागी थिए । बोर्डले परीक्षाको एक महिनामै सोमबार नतिजा सार्वजनिक गरेको हो ।

परीक्षा नियन्त्रक अधिकारीले नतिजामा सुधार हुनु स्वाभाविक रहेको बताए । ‘यसपटक छोटो समयमा नतिजा निकाल्न निकै दबाब पनि थियो, कापी परीक्षण फितलो होला कि भन्ने धेरैलाई आशंका थियो, धेरै पास हुन्छन् भन्ने आशंका थियो । क्वालिटी हुँदैन भन्ने थियो, तर शिक्षक वर्गले इमानदार भएर कापी परीक्षण गर्नुभयो,’ उनले भने, ‘चार प्रतिशत नतिजा सुधार हुनु स्वाभाविक हो, यसले कापी परीक्षणको गुणस्तर राम्रो भएको पुष्टि गर्छ ।’

तर, शिक्षाविद् विद्यानाथ कोइरालाले अनुत्तीर्ण हुनेको संख्या धेरै हुनुले ठुलो चुनौती थपेको बताए । ‘यसपटक पनि ठुलो संख्यामा अनुत्तीर्ण भए, अब अनुत्तीर्णबारे गम्भीर भएर काम गर्न आवश्यक छ,’ उनले भने, ‘उनीहरूलाई गरिखाने बनाउन आवश्यक छ, फेरि जाँच दिन पाउनेभन्दा पनि गरिखाने विकल्प दिनुपर्छ, अर्को मुख्य चुनौती भनेको हामीकहाँ माथिल्लो कक्षामा गएपछि मात्रै पढ्नुपर्छ भन्ने बानी हुन थाल्यो, यो निकै खराब हो, अब १ कक्षादेखि नै कसरी पढ्ने बानीको विकास गर्ने भन्ने चुनौती थपिएको छ ।’ यसपटक परीक्षा केन्द्रमै कापी परीक्षण गरिएको थियो । ५ वैशाखमा देशैभरका कापी बोर्डको कार्यालयमा संकलन गरी सिस्टममा नतिजा अद्यावधिक गर्ने कार्य थालिएको थियो ।

४८ हजार ३९२ ले ल्याए ३.६० जिपिएभन्दा माथि
एसइईमा ४८ हजार ३९२ ले जिपिए ३.६ देखि ४ ल्याएका छन् । त्यस्तै, जिपिए ३.२ देखि ३.६ ल्याउनेको संख्या ८० हजार ३७२ छ । जिपिए २.८ देखि ३.२ ल्याउने विद्यार्थी ९४ हजार २२२ छन् भने ५५ हजार ९७७ विद्यार्थीले जिपिए २.४ देखि २.८ को बिचमा नतिजा ल्याएका छन् । जिपिए २ देखि २.४ ल्याउने विद्यार्थीको संख्या पाँच हजार १९० र जिपिए १.६ देखि २ ल्याउने सातजना छन् ।

कुन प्रदेशमा नतिजा कस्तो ?
बोर्डका अनुसार परीक्षामा सबैभन्दा धेरै सहभागी बागमती प्रदेशका विद्यार्थी थिए । जसमा ९८ हजार ८१७ विद्यार्थी सहभागी भएकामा २१ हजार ७०४ जना नन्ग्रेडेड भएका छन् । त्यस्तै, कोशी प्रदेशबाट ७२ हजार २५६ विद्यार्थी सहभागी रहेकामा २१ हजार ३६६ विद्यार्थी नन्ग्रेडेड भएका छन् । त्यस्तै, मधेश प्रदेशबाट ७६ हजार ३१७ विद्यार्थी सहभागी रहेकोमा ३१ हजार ७२५ विद्यार्थी नन्ग्रेडेड भए ।

गण्डकी प्रदेशबाट एसइईमा सहभागी हुने विद्यार्थी संख्या ३६ हजार ४९३ थियो । जहाँ नौ हजार ९४३ विद्यार्थी नन्ग्रेडेड भएका छन् । त्यसैगरी, लुम्बिनी प्रदेशबाट ७२ हजार १४९ विद्यार्थी सहभागी रहेकामा २७ हजार ८९३ विद्यार्थी नन्ग्रेडेड भएका छन् । कर्णाली प्रदेशबाट ३२ हजार ३३६ विद्यार्थी सहभागी रहेकामा १३ हजार २४१ विद्यार्थी नन्ग्रेडेड भएका छन् । सुदूरपश्चिम प्रदेशबाट ४२ हजार २९९ विद्यार्थी सहभागी थिए भने २० हजार ६३५ जना नन्ग्रेडेड भएका छन् ।

ग्रेडवृद्धि परीक्षा १ असारदेखि
यसपटक परीक्षामा अनुत्तीर्ण भएकाका लागि लक्षित गरी १ असारदेखि परीक्षा सञ्चालन हुनेछ । उक्त परीक्षाका लागि बोर्डले सम्बन्धित विद्यालयलाई थप तयारी कक्षा पनि सञ्चालन गर्न अनुरोध गरेको छ । नन्ग्रेडेड सबै विद्यार्थीले मौका परीक्षा दिन पाउनेछन् । त्यस्तै, बोर्डले एसइईको नतिजामा चित्त नबुझेमा पुनर्योग गर्ने तालिका पनि सार्वजनिक गर्नेछ । आफूलाई शंका वा चित्त नबुझेमा विद्यार्थीले पुनर्योग गर्न पाउनेछन् । नयाँ पत्रिकामा खवर छ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img