spot_img

विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नेपाल र अमेरिका भिड्दै

spot_img

काठमाडाैँ, आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय शृङ्खलामा आज नेपाल र अमेरिकाबीच प्रतिस्पर्धा हुँदैछ ।खेल काठमाडौँको कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहान साढे ९ बजे सुरु हुनेछ ।आजको खेलमा नेपाल अघिल्लो खेलमा भोगेको हारको बदला लिने लक्ष्यमा रहँदा अमेरिका भने आफ्नो विजयी लयलाई निरन्तरता दिने उद्देश्यमा रहेको छ ।

लिग–टु अन्तर्गत यसअघि भएका दुई खेलमा स्कटल्याण्डले नेपाल र अमेरिकालाई समान २ रनले हराएको छ । विश्वकप क्रिकेट लिग–२ शृङ्खलामा नेपाल, अमेरिका र स्कटल्याण्ड सहभागी छन् ।

अहिलेसम्मका २५ खेलमा नेपाल ८ मा जित, १५ मा हार तथा दुई खेल अनिर्णितसहित १८ अंकका साथ तालिकाको आठौँ स्थानमा रहेको छ । समान खेलबाट अमेरिका १८ जित र सात हारसहित ३६ अंकसहित दोस्रो स्थानमा छ ।

शीर्षस्थानमा रहेको स्कटल्याण्ड ३० खेलबाट ३८ अंक जोडेर शीर्ष स्थानमा छ ।नेपालले आफ्नो तेस्रो जेठ ४ गते स्कटल्याण्डसँग र चौथो खेल जेठ ८ गते अमेरिकासँग खेल्नेछ ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img