ललिपुरको महालक्ष्मी नगरपालिका वडा नम्वर ९ को वडा कार्यालय नव निर्मित भवनको उद्घाटन तथा जेष्ठ नागरिकलाइ सम्मान कार्यक्रम शनिबार वडा परिसर लामाटारमा सम्पन्न भएको हो। नगर प्रमुख प्रमुख हरिगोविन्द श्रेष्ठ नव निर्मित भवनको रिवन काटेर उद्घाटन गर्नुभएको थियो।
सयौं जेष्ठ नागरिकहरुको उपस्थिती रहेको कार्यक्रमकाे सभा अध्यक्ष वडा अध्यक्ष जयकृष्ण बाेगटीले गर्नु भएकाे थियाे भने कार्यक्रममा प्रमुख अतिथि नगर प्रमुख हरिगोविन्द श्रेष्ठ,बिशेष अतिथि नगर उपप्रमुख लक्ष्मी महर्जन,अतिथिहरु नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमित ढुङ्गाना,पुर्व प्रदेश साम्सद माधव खनाल,अन्य वडाका अध्यक्ष लगायतका जनप्रतिनिधि,स्थानीय राजनीतिक दलका प्रतिनिधि र संघस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।
यस्तै कार्यपालिका सदस्यहरू सरिता पाेखरेल,कुमार बयलकाेटी,वडासदस्यहरु शशिधर पाेखरेल,रामकेशर थापा,बेलि सुर्खेती सहित,वडाका सचिव नारायणकुमार श्रेष्ठ लगाएतका कर्मचारी र स्थानीयको सहभागिता रहेको थियोे।
कार्यक्रममा बोल्दै नगर प्रमुख हरिगोविन्द श्रेष्ठले भौतिक पुर्वाधारको क्षेत्रमा नगरपालिकाले वडाका भवन र स्वास्थ चौकीहरुका भवन निर्माणमा ठुलो फड्को मारेको भन्दै सेवा प्रवाहमा टेवा पुगेको दाबी गर्नुभयो।
यस्तै नगर उपप्रमुख लक्ष्मी महर्जनले जेष्ठ नागरिक सम्मान र नगरवासीको सेवालाई सहज बनाउन नगरपालिकाले कुनै कसर बाँकी नराख्ने बताउनु भयो।
प्रमुख प्रशासकीय अधिकृत अमित ढुङ्गाना जेष्ठ नागरिक हाम्रो सिकाइको प्रेरणाको श्रोत र सम्मानित ब्यक्तित्वहरु भएकोले नगरपालिका अझ धेरै कसरी प्रोत्साहन गर्ने कुरामा कन्जुस्याइँ नगर्ने बताउनु भयो।
कार्यक्रममा बोल्दै वडा अध्यक्ष बोगटीले वडाको नव निर्मित भवन उद्घाटन संगै अब वडावासिहरुलाइ सेवा लिन धेरै सहज हुने बताउनु भयो। यस्तै हरेक वर्ष जेष्ठ नागरिकहरुलाइ सम्मान गर्दै आएकोले यो वर्ष पनि वडाले ६८ वर्ष भन्दा माथिका ५०० जेष्ठ नागरिकलाइ सम्मानमा इलेक्टिक जग र हट ब्याग सहित सम्मान गरिएको जानकारी दिनुभयो। ३५० जेष्ठ नागरिक आजै उपस्थित भएर सम्मान गरेको र उपस्थित हुन नसकेकालाई अन्य दिनमा बितरण गरिने जानकारी दिनुभयो। जेष्ठ नागरिकको सम्मानमा तिर्थ भ्रमणको पनि कार्यक्रम रहेको उहाँको भनाइ छ।
कार्यक्रममा बोल्ने अन्य वक्ताले जेन जि आन्दोलनमा वडा भवन जोगाउन स्थानीयले खेलेको भुमिका र जेष्ठ नागरिक सम्मान गर्ने कार्यक्रमको प्रसंसा गरेका थिए।