spot_img

गगनले आज जेनजी अगुवासँग संविधान संशोधनबारे छलफल गर्दै

spot_img

काठमाडौं, नेपाली कांग्रेसका सभापति गगन थापाले संविधान संशोधनका लागि जेनजी अगुवाहरुको राय सुझाव लिने भएका छन् ।आज दिउँसो २ बजे केन्द्रीय कार्यालय सानेपामा जेनजी अगुवाहरुलाई संविधान संशोधनका विषयमा छलफल गर्ने गरी डाकिएको छ । कांग्रेसको संविधान संशोधन अध्ययन तथा सुझाव पेश गर्नको लागी गठित समितिले उक्त कार्यक्रम आयोजना गरेको हो ।

१८ जना जेनजी अगुवाहरुलाई पत्र पठाएर आमन्त्रण गरिएको कांग्रेसले जानकारी गराएको छ। उक्त कार्यक्रममा संविधानविद् तेजमान श्रेष्ठ, प्राध्यापक डा. खनाल लगायत सहभागी हुने भएका छन्।सरकारले संविधान संशोधन बहस पत्र तयार गर्न विभिन्न पक्षसँग छलफल गरिरहँदा कांग्रेसले छुट्टै तयारी गरिरहेको छ । उपसभापति पुष्पा भुसालको संयोजकत्वमा कार्यदल बनाएर संविधान संशोधनको लागि सुझाव संकलन गरिएको छ।

‘संविधान संशोधन अध्ययन तथा सुझाव पेस गर्न गठित विज्ञ समिति’ को सदस्यहरुमा वरिष्ठ अधिवक्ता र अधिवक्ताहरू सदस्य छन् । उक्त समितिले दुई चरणको छलफल गरिसकेको छ। संविधानविदहरुसँग राय संकलनका लागि छलफल गरिसकेको समितिले आज जेनजी अगुवाहरुलाई बोलाइएको छ ।

प्रधानमन्त्री वालेन्द्र शाहको राजनीतिक सल्लाहकार असिम शाहको नेतृत्वमा रहेको संविधान संशोधन बहसपत्र तयारी छलफलमा भने कांग्रेस सहभागी भएको छैन। शाह नेतृत्वको कार्यदलले जेनजी अगुवाहरुको संविधान संशोधनमा राय संकलन गर्न बोलाए पनि उनीहरूले बहिष्कार गरेका थिए ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img