काठमाडौँ,नेपाली काँग्रेसका सभापति गगन थापाले नागरिकको आत्मसम्मान र मौलिक अधिकारको सन्दर्भमा कसैसँग कुनै सम्झौता नगर्ने बताएका छन् ।
प्रजातान्त्रिक विचार समाज, नेपालको साधारणसभामा उनले संविधानले प्रत्येक नागरिकलाई सम्मानपूर्वक बाँच्न पाउने अधिकार दिएको स्मरण गराउँदै नागरिक अधिकारको सवालमा कांग्रेस सधैं स्पष्ट रूपमा उभिने बताए ।
सरकारले नागरिक अधिकारलाई कुण्ठित गरेर सुकुम्बासी बस्तीमा डोजर चलाएको उनको आरोप छ । उनले नेता वा सरकार संविधानभन्दा माथी नहुने बताए । सुशासनका नाममा नागरिक अधिकारलाई कमजोर पार्ने अभ्यास स्वीकार्य नहुने उनको भनाइ छ ।
सरकार पनिसंवैधानिक सीमाभन्दा माथि जान नसक्ने उल्लेख गर्दै उहाँले लोकतन्त्रबाट परिणामसँगै नागरिक अधिकारको सुरक्षा सुनिश्चित हुनुपर्ने बताए । कानूनी परिधिभित्र रहेर गरिने सुशासन, शिक्षा, स्वास्थ्य, रोजगारी र कृषि क्षेत्रका सकारात्मक काममा भने काँग्रेसको पूर्ण समर्थन रहने उनले उल्लेख गरे ।
उनले लोकतन्त्र, संविधान र नागरिक अधिकारको रक्षाको लागी काँग्रेसले सडक र सदनबाट सधै सर्षघ गरिरहने बताए । हाल लोकतन्त्रको लागि आन्दोलन गर्नेहरुलाई अपराधीकरण गर्न खोजिएको उनको आरोप छ ।