spot_img

सरकारकाे डण्डा अव कन्सल्टेन्सीतिरः२ हजार भन्दा बढी छानबिनमा,पहिलो चरणमा ९५ कन्सल्टेन्सीमा छापा, ६९ सञ्चालक पक्राउ

spot_img

मापदण्डविपरीत सञ्चालनमा रहेका शैक्षिक परामर्श केन्द्र (कन्सल्टेन्सी)माथि प्रहरीले कारबाही अघि बढाएको छ । दर्ता नभएका, दर्ताका लागि निवेदन दिएका तर स्वीकृति नपाएका र परामर्शको नाममा म्यानपावरको समेत काम गर्दै आएका कन्सल्टेन्सी कारबाहीको दायरामा तानिएका छन् । काठमाडौं उपत्यकामा मात्रै करिब दुई हजार कन्सल्टेन्सी दर्ताविनै सञ्चालनमा रहेको अनुमान छ ।

मापदण्डविपरीत सञ्चालनमा रहेका कन्सल्टेन्सीबारे पीडित विद्यार्थीले पनि उजुरी गरेका थिए । यसलाई समेत आधार मानेर प्रहरीले शिक्षा तथा खेलकुद मन्त्रालयसँग समन्वय गरी कारबाही अभियान थालेको हो । दर्ता वा नवीकरणविनै सञ्चालित कन्सल्टेन्सीको सूची लिएर छानबिन थालिएको प्रहरी अधिकारीहरूले जनाएका छन् । पहिलो चरणमा ६९ कन्सल्टेन्सीका सञ्चालक पक्राउ परेका छन् ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले शुक्रबार ९५ कन्सल्टेन्सीमा छापा मारेको र त्यसमा ६९ सञ्चालक पक्राउ गरिएको एसपी रामेश्वर कार्कीले बताए । ‘शिक्षा नियमावली र शैक्षिक परामर्श सेवा तथा भाषा शिक्षण निर्देशिकाले तोकेका मापदण्डविपरीत सञ्चालित शैक्षिक परामर्श केन्द्रमाथि कारबाही थालिएको हो,’ उनले भने, ‘दर्ता नै नभएका, नवीकरण नभएका र मापदण्ड पूरा नगरेका केन्द्रका ६९ जना सञ्चालक पक्राउ परेका छन् । अन्यमाथि छानबिन भइरहेको छ ।’

करिब दुई हजार कन्सल्टेन्सी विनादर्ता सञ्चालनमा रहँदा कतिपय भने दर्ताका लागि निवेदन दिएर अनुमतिपत्र नपाएका छन् । त्यसमध्ये कतिपयले शैक्षिक परामर्शको नाममा म्यानपावरको समेत काम गर्दै आएको प्रहरी अनुसन्धानमा खुलेको अधिकारीहरूले जनाएका छन् ।

शिक्षा मन्त्रालयमा एक हजार ४७३ कन्सल्टेन्सी दर्ता भएका छन् । त्यसमध्ये करिब नौ सयको मात्र नियमित नवीकरण छ । त्यस्तै, प्रदेशमा दुई हजारले निवेदन दिएकोमा करिब पाँच सयले मात्र अनुमति पाएका छन् । सरकारले नै अनुमतिमा ढिलाइ गरेकाले कतिपय भने समस्यामा परेका छन् ।

प्रहरीले एकता ग्लोबल एजुकेसन कन्सल्टेन्सी, इन्टर ग्लोबल एजुकेसन कन्सल्टेन्सी, अल्पार एजुकेसन, ग्लोबल ग्लोरी एजुकेसन, रोयल सूर्य एजुकेसन, ब्रेन बृज एजुकेसन, सावित्री अब्रोड, इडब्ल्युसी एजुकेसनका सञ्चालकलाई पक्राउ गरेको हो । त्यस्तै, ब्रेनी इन्टरनेसनल, अक्सफोर्ड स्मार्ट एजुकेसन, गुल्मोहर एजुकेसन, ब्लुम अब्रोड एजुकेसन, अक्सब्रिज फाउन्डेसन ग्लोबल स्टडिज, ज्ञानमार्ग एजुकेसन एन्ड सर्भिस, निको कन्सल्टेन्सी, उरेसी एजुकेसन एन्ड ट्रेनिङ सेन्टर, आक्रुति माटिवेज, मून स्काई कन्सल्टेन्सी, सर्वज्योति एजुकेसन हबका सञ्चालकलाई पनि पक्राउ गरेको छ ।

एडुक्वेस्ट इन्टरनेसनल, प्राइम पाथ, समेथन एजुकेसनल इन्स्टिच्युट, लेक्सिको एजुकेसनल नेटवर्क, गुरुबा इन्टरनेसनल, पास्कल एजुकेसन, पिएनपी एजुकेसन, पाथीभरा एजुकेसनल, मिन्नानो एकेडेमी, क्यानन टुर एन्ड ट्राभल, फ्रेस रुट्स एजुकेसन, कञ्चनजंगा कोरियान भाषाका सञ्चालकलाई पनि पक्राउ गरिएको अपराध अनुसन्धान कार्यालयले जनाएको छ । इपिटोम एजुकेसन हेल्पलाइन, ग्रिनलाइन एजुकेसन, छिन्गु कोरियन, अल्टरनेटिभ इन्टरनेसनल एजुकेसन, मेगाटेक भ्याली एजुकेसन, राइट चान्स एजुकेसन, २४ आवर कन्सल्टेन्सी, प्रोफिसियन्सी लर्निङ एजुकेसन सेन्टर कन्सल्टेन्सीका सञ्चालक पनि प्रहरी नियन्त्रणमा छन् ।

युनिभर्सिटी गेटवे एजुकेसन, भिक्ट्री एजुकेसनल, जेएफआर एकेडेमी जापानिज ल्यांग्वेज स्कुल, हिमालयन एजुकेसन ग्रुप सर्भिस, ग्रिनर एजुकेसन, आयुमी नेपाल, ए टु जेड जापान एन्ड कोरियन भाषा, ग्लोबल इम्प्याक्ट एजुकेसन, स्किलपोइन्ट एजुकेसनका सञ्चालकलाई पनि प्रहरीले पक्राउ गरेको छ ।

जेनिसेस एजुकेसन हब, स्टार एजुकेसन, मास्टर्स एकेडेमी एजुकेसन, अल युरोपियन एजुकेसन, जिपिसी नेपाल, सिआर एजुकेसन, एचिमेन्ट एजुकेसन एन्ड भिसा, ग्रिन एप्पल भिसा एन्ड इमिग्रेसन, क्लिक कन्सल्टिङ, फ्युचर बिलोङ्स कन्सल्टेन्सी, द क्लास रूम एजुकेसन प्रालि, आइडिबी ग्लोबल, एनआइएमबी एजुकेसन, इम्पल्स एजुकेसन, भाइब्रान्ट एजुकेसन, ड्रिम एजुकेसन, निप्पोन एज् ग्लोबल एजुकेसन, निट इन्टरनेसनल, निहोन एसिया, सेप्स एजुकेसन एन्ड कन्सल्टेन्सी र वेस्टर्न स्मार्ट सिटी एजुकेसनका सञ्चालकलाई पनि पक्राउ गरेर कारबाही प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img