spot_img

डा. मनोज शर्मालाई प्रधानन्यायाधीश सिफारिस गर्ने निर्णयविरूद्ध परेको रिट आजै दर्ता गर्न आदेश

spot_img

काठमाडौं, कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्लले प्रधानन्यायाधीशमा मनोज शर्मालाई सिफारिस गर्ने सवैधानिक परिषदको निर्णय विरूद्ध परेको रिट दर्ता गर्न आदेश दिएकी छन्।

प्रधानको एकल इजलासले सोमबार दिउँसो १ बजेभित्र सबै रिट निवेदन तथा दरपीठ आदेश उपरको निवेदनसमेत दर्ता गरी मंगलबार पेसी चढाउन आदेश दिएकी हुन्।

इजलासले प्रधानन्यायाधीशमा सिफारिस शर्माकै आदेशमा सर्वोच्च प्रशासनले रिट दर्ता नगरेको विषयलाई गम्भीरताका साथ लिएको जनाएको छ।

’निवेदकले ल्याएको निवेदन नै कानून बमोजिम दर्ता गर्न अधिकार तोकिएको अधिकारीबाट दर्ता नगरी राख्दा न्यायमा पहुँचमा अवरोध पुग्ने त छँदैछ, साथै कानून बमोजिमको न्यायिक प्रक्रियाको समेत उल्लङ्घन हुन जाने स्पष्ट छ,’ आदेशमा भनिएको छ, ’सम्पूर्ण माननीय न्यायाधीशहरुसमक्ष मुख्य रजिष्ट्रारको ध्यानाकर्षण गराउँदा प्रधानन्यायाधीशमा सिफारिस माननीय न्यायधीशले नै निर्देशन दिनु भएकोले नगरेको भन्ने कुरा जानकारी गराउनु भयो।’

इजलासले मुद्दा हेर्ने रजिस्ट्रार र मुख्य रजिस्ट्रारले न्यायिक प्रक्रियालाई नै अवरोध पु¥याउन खोजेको टिप्पणी समेत गरेको छ।

आदेशमा भनिएको छ, ’ अदालतमा दर्ता हुन आएको लिखत दर्ता गर्न वा दर्ता गर्न नमिल्ने देखिएको लिखत दरपिठ गर्ने अधिकार मुख्य रजिष्ट्रारलाई प्राप्त भएको अवस्थामा मिति २०८३।०१।२३, २०८३।०१।२५ लगायतका मितिमा निवेदकको तर्फबाट दर्ता गर्न वा दर्ता नगरी ढिलाइ गरी रिट दर्ता शाखामा, मुद्दा हेर्ने रजिष्ट्रार र मुख्य रजिष्ट्रारले अल्मल्याउन खोजी न्ययिक प्रकृयालाई नै अवरोध पुर्याउनु न्यायपालिकाको स्वच्छता, निष्पक्षता, सक्षमता र स्वतन्त्रता माथिको उदासिनता र अकर्मण्यता हो।’

प्रधानन्यायाधीशमा शर्मालाई सिफारिस गर्ने निर्णयविरुद्ध परेका रिटहरू दरपीठ भएपछि त्यसविरूद्ध परेका निवेदन सर्वोच्च प्रशानसले होल्डमा राखेको थियो।यसमा असन्तुष्टि जनाउँदै ३० जना वकिल कामु प्रधानन्यायाधीश सपना प्रधान मल्ललाई सोमबार बिहान भेट्न गएका थिए।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img