spot_img

कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा मेघगर्जन÷चट्याङ्ग सहित हल्का वर्षाकाे सम्भावना

spot_img

काठमाडौं, हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायूको प्रभाव रहेको छ।यसको प्रभावले पछिल्लो एक घन्टामा कोशी र बागमती प्रदेशका केही स्थानमा हल्कादेखि छिटपुट वर्षा भइरहेको छ।गएको चौबीस घन्टामा कोशी, बागमती र गण्डकी प्रदेशका विभिन्न भूभागमा हल्कादेखि मध्यम र भारी वर्षा भएका छन्।जल तथा मौसम विज्ञान विभागका अनुसार मकवानपुरको मकवानपुर गढीमा ५२.८ मिलिमिटर वर्षा भएको छ। लमजुङको बेशीशहरमा ३२.२ मिलिमटर वर्षा भएको छ।

बुधबार दिउँसो कोशी, मधेश, बागमती र गण्डकी प्रदेश लगायत लुम्बिनी र कर्णाली प्रदेशको हिमाली र पहाडी भू–भागमा साधारणतया बादल लाग्ने पूर्वानुमान छ।बाँकी प्रदेशका हिमाली र पहाडी भू–भागमा आंशिक बादल लाग्नेछ, बाँकी तराई भू–भागमा मुख्यतया सफा रहनेछ।त्यस्तै कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा, मधेश प्रदेश लगायत बाँकी हिमाली र पहाडी भू–भागका थोरै स्थानहरूमा मध्यमसम्म वर्षा÷हिमपातको सम्भावना रहेको छ।

सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भू–भागमा तातो दिन हुने सम्भावना रहेको छ।राति कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन÷चट्याङ्ग सहित हल्का वर्षा÷हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img