spot_img

एमाले सचिवालय बैठक आज बस्दै

spot_img

काठमाडौं, नेताहरूको कार्यविभाजनलाई अन्तिम रूप दिनका लागि नेकपा एमाले केन्द्रीय सचिवालयको बैठक शुक्रबार बस्दैछ। सोमबारको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले प्रस्ताव गरेको नेताहरूको कार्यविभाजनलाई आज बस्ने बैठकले अन्तिम रूप दिनेछ।

केन्द्रीय कार्यालय सचिव भीष्म अधिकारीका अनुसार विहान ११ः३० बजे अध्यक्ष ओली निवास गुण्डुमा बैठक बस्ने तय भएको छ।अध्यक्ष ओलीको प्रस्तावमा नेताहरूको जिम्मेवारी हेरफेर गर्ने प्रस्ताव आएमा त्यसमा छलफल गरेर अन्तिम रूप दिइने र त्यसलाई अन्तरपार्टी निर्देशन (अपानि) मार्फत नेताहरूलाई पठाउने तयारी छ।

गत मंसिर २७ देखि २९ गतेसम्म काठमाडौंमा भएको ११ औं महाधिवेशनपछि नेताहरूको अस्थायी कार्यविभाजन गरिएको थियो।फागुन २१ को निर्वाचनमाकेन्द्रित भएर काम गर्न केन्द्रीय सदस्य तथा पदाधिकारीलाई जिम्मेवारी दिइएको थियो।

यस पटकको कार्यविभाजनमा एमालेमा मुख्य मानिएका विभागहरूमध्ये सचिव भानुभक्त ढकाललाई संगठन, केन्द्रीय सदस्य शेरबहादुर तामाङलाई स्कुल, विशाल भट्टराईलाई जनसंगठन र डा. सूर्य पाठकलाई प्रचार तथा प्रकाशनको जिम्मेवारी प्रस्ताव गरिएको छ। उपाध्यक्ष तथा उपमहासचिवहरूलाई विभागहरूका समन्वय गर्ने र अनुगमनको जिम्मेवारी प्रस्ताव गरिएको छ।

अध्यक्ष ओलीको प्रस्तावमा अधिकांश केन्द्रीय सदस्यलाई मिसन स्थानीय चुनावको जिम्मेवारी दिइएको छ।यसैबीच आजको बैठकमा अध्यक्ष ओलीले मार्ग प्रशस्त गर्नुपर्नेबारे कुरा उठ्ने एक पदाधिकारीले बताए। सोमबारको बैठकले पूर्वराष्ट्रपति विद्या भण्डारीको सदस्यता खुला गर्ने निर्णय गरेको थियो।

आज पार्टी पुनर्गठनबारे छलफल हुने नेताहरूको दाबी छ।

‘आज पार्टी, आन्दोलन पुनर्गठनबाट घनिभूत छलफल हुन्छ। खुलस्त कुराकानी हुन्छ। अब अध्यक्ष ओलीबाट पार्टी आन्दोलन अघि बढ्न सक्दैन भन्ने साझा निष्कर्षमा नेताहरू पुगिसक्नुभएको छ,’ ती पदाधिकारीले भने।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img