काठमाडौं, नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक आज पनि बस्दैछ। बैठक एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास गुण्डुमा आज बिहान साढे ११ बजे बस्ने छ। बैठकमा पार्टीको समग्र अवस्था र निर्वाचनका बारेमा छलफल हुने छ।
उपमहासचिव लेखराज भट्टका अनुसार पाँच जना उपाध्यक्षले हिजो आफ्नो धारणा राखेका थिए। आजको बैठकमा १२ जना पदाधिकारीले बोल्ने सूची छ।