spot_img

पाँचथरको याङवरक गाउँपालिकामा बाढी र पहिरोको वितन्डाः ३ घर बगायो, भौतिक संरचनामा ठूलो क्षति

spot_img

झापा, अविरल वर्षाका कारण आएको बाढी र पहिरोले पाँचथरको याङवरक गाउँपालिकामा ठूलो जनधनको क्षति पु¥याएको छ।शुक्रबार रातिदेखि परेको भीषण वर्षाले तमोर र दोभाने खोलामा पानीको बहाव बढाउनुका साथै पहाडी क्षेत्रमा पहिरो खस्दा स्थानीय जनजीवन अस्तव्यस्त बनेको छ।

बाढी–पहिरोले दर्जनौँ भौतिक संरचनामा क्षति पु¥याएको छ भने सञ्चार सम्पर्क विच्छेद हुँदा उद्धार र राहत कार्यमा समेत कठिनाइ भइरहेको छ।प्राकृतिक विपत्तिले याङवरक–१, लाम्बा खोलाका तीन परिवारको घर पूर्ण रूपमा बगाएको छ।मोहनलाल खवास, कविर खवास र गंगाप्रसाद बेघाको दुई तले घरहरू पहिरोले बगाएपछि उनीहरू घरबारविहीन बनेका छन्।

घटनामा परी तीनै परिवारका १३ जना सदस्य विस्थापित भई हाल छिमेकीको घरमा आश्रय लिन बाध्य भएका छन्। कविर खवासको गोठमा रहेका तीन वटा गोरुसमेत बाढीले बगाएको छ।

यसका साथै, बाढीले पाँचथर र तेह्रथुमलाई जोड्ने निर्माणाधीन पक्की मोटरएबल पुल बगाएको छ भने याङवरक गाउँपालिकामा सञ्चालित हाइड्रोपावरका संरचनाहरूमा समेत क्षति पुगेको छ।

विभिन्न खोलानालामा रहेका झोलुङ्गे तथा पक्की पुलहरूमा क्षति पुग्दा स्थानीय आवतजावत ठप्प भएको छ। मध्यपहाडी राजमार्गको च्याङथापु–थर्पु खण्ड पनि पहिरोका कारण पूर्ण रूपमा अवरुद्ध बनेको छ।

बाढी–पहिरोपछि उक्त क्षेत्रमा टेलिफोन सेवा अवरुद्ध हुँदा क्षतिको पूर्ण विवरण संकलन गर्न कठिनाइ भइरहेको जिल्ला प्रहरी कार्यालय पाँचथरका डीएसपी अनिशकुमार कर्णले जानकारी दिएका छन्।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img