spot_img

ताप्लेजुङ र पाँचथर जोड्ने तमोर नदीमा निर्माणाधीन मोटरेबल पुल बाढीले बगायो

spot_img

ताप्लेजुङ,तमोर करिडोरअन्तर्गत ताप्लेजुङ र पाँचथर जोड्ने तमोर नदीमा निर्माणाधीन मोटरेबल पुल बाढीले बगाएको छ ।शुक्रबारदेखि परेको वर्षासँगै आएको बाढीले आठराई त्रिवेणी गाउँपालिका–१ निघुरादिन (ताप्लेजुङ) र पाँचथरको हिलिहाङ गाउँपालिकाको आङ्बुङ जोड्ने उक्त पुल बाढीले बगाएको हो ।

करिब आठ वर्षअघि निर्माण सुरु गरिएको उक्त पुलको हालसम्म करिब ४० देखि ४५ प्रतिशत भौतिक प्रगति भएको थियो । एक सातादेखि पुलको ट्रस जडानको काम भइरहेको अवस्थामा ट्रस संरचना र निर्माणस्थलमा रहेका अन्य सामग्रीसमेत बाढीले बगाएको आठराई त्रिवेणी गाउँपालिकाका अध्यक्ष दीपेन्द्र पोमुले जानकारी दिए।

गाउँपालिकाको टोलीले उक्त ठाउँमा पुगेर शनिबार स्थलगत अनुगमन तथा निरीक्षण गरेको छ । एमएस सपना याक्थुङ जेभी निर्माण कम्पनीले २०७४ सालमा रु २२ करोड पाँच लाख ७७ हजार ८९० लागतमा पुल निर्माणको सम्झौता गरेर काम गरिरहेको थियो ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img