काठमाडाैँ, सिन्धुलीको सुनकोशी–५ सित्खामा सुनकोशी नदी छुट्टिएर आएको भंगालोमा डुबेर दुई बालकको मृत्यु भएको छ ।
जिल्ला प्रहरी प्रमुख एसपी रविन्द्रबहादुर सिंहका अनुसार सुनकोशी ४ घर भई हाल सुनकोशी ३ बोहोरेटार बस्ने बर्ष ९ को सफल पुलामी मगर र सुनकोशी–५ बन्दीपुर घर भई हाल सुनकोशी–३ बोहोरेटार बस्ने वर्ष १० को युकेस बिकको मृत्यु भएको हो ।