काठमाडौँ उपत्यका मेयर्स फोरमकाे १५ औं बैठकले हप्तामा २ दिन विदा दिने सरकारी निर्णयले समग्र शिक्षा क्षेत्र नै प्रभावित हुने निष्कर्ष निकालेकाे छ। बुधबार ललितपुरकाे महालक्ष्मी नगरपालिकाले आयोजना गरेकाे काठमाडौं उपत्यका मेयर्स फोरमको पन्ध्रौँ बैठकले सरकारले हप्तामा थप १ दिन विदा दिने निर्णयले सिगां शैक्षिक क्षेत्रनै प्रभावित भएकाे निस्कर्ष निकालेकाे हाे।
ललितपुर महानगरपालिकाका नगर प्रमुख चिरीबाबु महर्जनको अध्यक्षतामा बसेकाे बैटकले स्थानीय तहकाे अधिकारमाथि हस्तक्षेप भन्दै बालेन सरकारलाई चुनाैती दिने मनसायमा अगाडी बढेकाे छ।
बैठकपछि नगर प्रमुख चिरीबाबु महर्जनले सरकारकाे याे निर्णयबारे अध्ययन गर्न समिति गठन गरेकाे भन्दै सरकारले निर्णय नसच्याए कानुनी उपचार खाेज्ने चेतावनी दिएका छन्। सरकारकाे याे निर्णयलाइ मान्दा त शैक्षिक क्यालेन्डर नै प्रभावित हुने देखिन्छ वर्षमा पढाइ हुने दिन नै पुग्दैन कसरी पुर्याउने सरकारले स्पट नपारि गरेकाे निर्णय गलत भएकाे भन्दै तत्काल सच्याउनु पर्ने माग गरेका छन्।
उनले संविधान र स्थानीय सरकार सञ्चालन ऐन, २०७४ अनुसार आधारभुत तथा माध्यमिक शिक्षाको व्यवस्थापन गर्ने अधिकार स्थानीय तहलाई भएको उल्लेख गर्दै विद्यालय स्थापना, सञ्चालन, अनुमति तथा अनुगमन गर्ने जिम्मेवारी स्थानीय सरकारकै रहेको पनि स्पष्ट पारे। विद्यार्थीको सिकाइ उपलब्धि र समग्र शैक्षिक वातावरणमा नकारात्मक असर पार्ने भन्दै फोरमले यस्तो निर्णय गरेको उनको भनाइ छ। बैठकमा उपत्यका भित्रका अधिकांस स्थानीय तहका प्रमुख र उपप्रमुखहरूकाे सहभागिता रहेकाे थियाे।