spot_img

महेन्द्रनगरमा प्रचण्ड—माधव समूहको विजय जुलुस

spot_img

कञ्चनपुर ः नेकपा प्रचण्ड—माधव समूहले बुधबार कञ्चनपुरको महेन्द्रनगर बजारमा विजय जुलुस निकालेको छ। सर्वच्च अदालतले संसद् पुनः स्थापन गर्ने निर्णयको स्वागत गर्दै विजय जुलुस निकालेको हो।विजय जुलुस महेन्द्रनगर बजारका विभिन्न भागको परिक्रमा गर्दै मदन चोकमा पुगेर कोणसभामा परिणत भएको छकोणसभालाई सम्बोधन गर्दै नेकपाका नेता एवं पूर्व–संविधान सभा सदस्य टेकेन्द्रप्रसाद भट्टले प्रतिगमन सच्चिए पनि राजनीतिक लडाई लडन बाँकै नै रहेको बताएका छन्।

उनले भने, ‘संसद् पुनः स्थापन भएको छ। यो खुसीको कुरा हो। अझै पार्टीलाई एक ढिक्का बनाएर लैजाने कार्य बाँकी नै छ। यसका लागि पार्टी पंक्तिले जसरी प्रतिगमनविरुद्ध लडे त्यसैगरी लड्नुपर्ने भएको छ।’नेकपाका अर्का नेता देवीलाल चौधरीले देशबासीको भावनाअनुरूप र संविधानको रक्षा गर्ने कार्य सर्वोच्च अदालतले गरेर आफ्नो गरिमा कायम राखेको बताए।युवा नेता अर्जुनबहादुर साउदले सर्वोच्च अदालतको ऐतिहासिक कदमको ह्दयदेखि स्वागत गर्न विजय जुलुस निकाल्नु परेको बताए।युवा संघका सुचित्र शाहीले असंवैधानिक, अलोकतान्त्रिक, निरंकुश पश्चगामी, स्वच्छाचारी कदमलाई परास्त गर्ने अदालतको निर्णय स्वागतयोग्य रहेको बताए।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img