spot_img

देउवालाई प्रचण्ड र नेपालको प्रस्ताव– ‘प्रतिनिधि सभा विघटन गर्ने ओलीसँग होइन हामीसँग मिल्नुस्’

spot_img

नेकपा प्रचण्ड–नेपाल पक्षका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग मिलेर जान प्रस्ताव गरेका छन् ।देउवाको सरकारी निवास बूढानीलकण्ठमा बुधवार भएको भेटवार्तामा प्रचण्ड र नेपालले मिलेर जान प्रस्ताव गरेको देउवाका एक विश्वासपात्रले लोकान्तरलाई जानकारी दिए ।

‘प्रतिनिधि सभा विघटन गर्नेसँग नभई हामीहरूसँग मिलेर जाऔं भनेर सभापतिजीलाई प्रस्ताव आएको छ । उहाँले पार्टीमा छलफल गरेर जवाफ दिन्छु भन्नुभयो,’ ती नेताले लोकान्तरसँग भने ।स्रोतका अनुसार प्रचण्ड र नेपालले मिलेर सरकार बनाउन आग्रह गरेका छन् । प्रतिनिधि सभा पुनर्स्थापना भएपछिको अवस्थाबारे छलफल गर्न कांग्रेसले भोलिका लागि पदाधिकारी बैठक बोलाएको छ ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img