काठमाडौं, नेकपा प्रचण्ड–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले अदालतको फैसलाले जनताको जित भएको बताएका छन् ।बुधबार संसदीय दलको बैठकमा बोल्दै उनले अदालतले ११ गते नै फैसला गर्ला भन्ने विश्वास आफूलाई नलागेको पनि सुनाए । उनले न्यायालयले लोकतन्त्र जोगाउन जिम्मेवारीपूर्ण फैसला गरेको बताए ।
नेता नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीनिकट रहेका सांसदहरुलाई राम्रो व्यवहार गर्न आफूपक्षीय सांसदहरुलाई बैठकमा आग्रह गरे । “ओलीजीसँग रहेका माननीयसँग राम्रो व्यवहार गर्नुहोला । मान–सम्मानमा कुनै कञ्जुस्याइँ नगर्नुहोला । जति सांसद छन्, उनीहरुलाई राम्रो व्यवहार गर्नुस् । मान–सम्मान गर्नुस् । इज्जत गर्नुस् । उतातिर रहेका माननीयहरूको मन यतातिर छ, शरीर मात्रै उतातिर हो,’’ उनले बैठकमा भने ।