काठमाडौ, राजधानीको लैनचौरमा एउटा टेम्पोमा एक्कासि आगलागी भएको छ । यात्रु लिएर गन्तव्यतर्फ गइरहेको ट्याम्पुमा एक्कासी आगलागी भएको हो ।बुधबार दिउँसो काठमाडौंको रत्नपार्कबाट हात्तीगौडा जाँदै गरेको टेम्पोमा आगलागी भएको ट्राफिक प्रहरीले जनाएका छन् ।
करिब साढे १ बजे बा १ ह ४७९८ नम्बरको टेम्पो लैनचौरमा रोकिएको थियो। सोहीक्रममा एक्कासि आगलागी भएको थियो ।कञ्चनपुर घर भई हात्तीगौडा बस्ने २६ वर्षीय प्रनान्द बोहरा उक्त टेम्पोका चालक हुन् । आगलागी भएको केहीबेरमा त्यही आएको ट्यांकरको सहयोगमा आगलागी नियन्त्रणमा लिएको थियो ।ट्याम्पुमा आगलागी हुँदा केही यात्रुहरु भित्रै थिए तर उनीहरु भाग्न सफल भएका थिए ।ग्यास टेम्पोमा कसरी आगलागी भएको भन्ने अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।