काठमाडौं, घुस लिएको आरोपमा रुपन्देहीको गैडहवामा कार्यरत सशस्त्र प्रहरीका प्रहरी निरीक्षक ९ इन्स्पेक्टर०सहित दुई जना पक्राउ परेका छन् । ५० हजार रुपैयाँ घुस लिएको आरोपमा उनीहरुलाई पक्राउ गरिएको हो ।पक्राउ पर्नेमा सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस क्याम्प गैडहवा–३ लोण्डिहवा रूपन्देहीका कार्यालय प्रमुख समेत रहेका इन्स्पेक्टर दधिराम पौडेल र सशस्त्र प्रहरी नायव निरीक्षक राजेश पासी रहेका छन् ।उनीहरुले सेवाग्राहीसँग ५० हजार रुपैयाँ घुस लिएको बताइएको छ ।