spot_img

प्रचण्ड–नेपाल ठुलो राजनीतिक धर्म संकटमा फसेः बस्नेत

spot_img

काठमाडौं,  नेकपाका सांसद तथा पूर्व मन्त्री महेश बस्नेतले प्रचण्ड नेपाल ठुलो राजनीतिक धर्म संकटमा फसेको बताउनु भएको छ ।पूर्व मन्त्री बस्नेतले खुला रुपले वर्तमान परिस्थितिलाई स्वीकार गर्न नसक्दा प्रचण्ड नेपाल ठुलो राजनीतिक संकटमा फसेको बताउनु भएको हो ।

उहाँहरु केपी ओलीलाई अध्यक्ष वा प्रधानमन्त्रीको रुपमा स्वीकार्न पनि नसक्ने, सार्वजनिक रुपमा भावी प्रधानमन्त्री म हुँ भनेर बोल्न पनि नसक्ने अवस्थामा पुगेको बस्नेतको आरोप छ । बस्नेतले कांग्रेसलगायत अन्य दलका नेतालाई उचालेर प्रधानमन्त्रीको अफर गर्ने उहाँहरु ठुलो राजनीतिक संकटमा फसेको बताउनुभयो ।

‘सर्वोच्चको फैसला आइसकेपछि उहाँहरुले लड्डु खाएर रातो पोतेर विजय जुलुस त मनाउनुभयो’ बस्नेतले भन्नुभयो, ‘उहाँहरु पार्टीभित्र एक भएर बस्न पनि नसक्ने र फुटेको पनि भन्न नसक्ने गोलचक्करमा हुनुहुन्छ ।’प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव आइनसकेको बेला प्रधानमन्त्रीको राजीनामा माग गरेर उहाँहरुले अराजनीतिक कुरा गरेको बस्नेतले आरोप लगाउनुभयो ।’पछिल्ला गतिविधिले उहाँहरुको राजनीति नैतिक रुपले धरासायी भएको छ’, बस्नतेले भन्नुभयो ।एक अर्को प्रसंगमा उहाँले सासंदहरु किनबेच गर्ने संभावनाका ढोकाहरु खुला भएको संकेत देखिएको पनि बताउनुभयो ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img