spot_img

काँग्रेस नेता जोशीको स्वास्थ्य अवस्थामा सामान्य सुधार

spot_img

नेपाली काँग्रेसका नेता तथा पूर्वमन्त्री नवीन्द्रराज जोशीको स्वास्थ्यमा सामान्य सुधार आएको छ । नर्भिक अस्पतालका न्युरो सर्जन डा. राजीव झाले शुक्रबारको तुलनामा जोशीको स्वास्थ्य अवस्थामा सामान्य सुधार देखिएको जानकारी दिए । जोशीको उपचारमा संलग्न डा. झाका अनुसार शनिबार बिहानदेखि जोशीका दायाँ हातखुट्टा अलि अलि चलाउन थालेका छन्।चिकित्सकले बोलाउँदा उक्त हात खुट्टाका माध्यमबाट सङ्केत गर्न थालेको उनले जानकारी दिए ।अवस्था सुधारोन्मुख भएपनि उनलाई जोखिममुक्त भन्न नसकिने उनको भनाइ छ ।

डा. झाले भने, ‘शनिबार बिहानदेखि दायाँपट्टिको शरीरको भाग हातखुट्टाहरु चल्न थालेका छन् । देब्रेपट्टि प्यारालाइसिस भएकै देखिन्छ । बाँकी प्यारामिटरहरु ठीकै ठीकै छ । उहाँ कोमामै हुनुहुन्छ । अवस्था अलि गम्भीर नै छ । हिजोभन्दा केही सुधार भएको देखिन्छ तर खतरामुक्त भने हुनुहुन्न ।’जोशीलाई बिहीबार राति मस्तिष्काघात भएको थियो । अहिले उनको नर्भिक अस्पतालको आईसीयूको भेन्टिलेटरमा राखेर उपचार गरिँदैछ ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img