सुर्खेत,एक छाक खाएर मुख्यमन्त्री कार्यालयअगाडि बादी समुदायको दिनहुँ धर्ना, पाँच सय मिटर दूरीमा निवास रहेका मुख्यमन्त्री र मन्त्रीले अहिलेसम्म चासो दिएनन् । शनिबार बेलुकीको ९ बजे । डम्म बादल लागेको आकाशलाई छानो बनाएर बादी समुदाय सुत्ने तरखर गर्दै छ । कर्णाली प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयअगाडिको चौरमा यसरी खुला आकाशमुनि उनीहरूको यो छैटौँ वास हो ।
दिनभरि धर्ना बसेका उनीहरूले ओत लाग्ने ठाउँ कहीँ पाएका छैनन् । त्यसैले शीत, झरी, ठण्डीको केही परबाह नगरी बादी समुदायका करिब दुई सयजना यहाँ रात कटाइरहेका छन् । दुई सयमध्ये ७० भन्दा बढी बालबालिका र वृद्धवृद्धा छन् । उनीहरूको शिर लुकाउने थलो पनि यही खुला आकाश बनेको छ ।
‘रात छिप्पिँदै जाँदा चिसो थामिनसक्नु हुन्छ र शरीर काम्न थाल्छ,’ चिसो भुइँमै पुराना केही कपडा ओछ्याएर सुत्ने तरखर गर्दै गरेकी कमला बादी (३५)ले भनिन्, ‘भुइँमान्छेको वास आखिर भुइँमै हुने रहेछ ।’ हुन पनि उनले भनेजस्तै भएको छ । कर्णाली सरकारसँग गाँस, वास र कपास माग्न दैलेखदेखि आएका उनीहरू गत सोमबारदेखि यही चिसो भुइँमा छन् । दिनभरि मुख्यमन्त्री कार्यालयअगाडि धर्ना दिन्छन्, रातभर खुला चौरमा पल्टिन्छन् । न बाक्लो ओछ्यान, न न्यानो ओढ्ने, न शीत छल्ने छानो । दैलेख नारायण नगरपालिका– १ बाट आएकी कमलाले थपिन्, ‘सधैँ गरिबी र अभाव झेल्दै आएका हामीलाई न सरकारले हेर्दोरहेछ, न समाजले ।’
पाँच सय मिटरको दूरीमा मुख्यमन्त्री र मन्त्रीहरूको सरकारी आवास छ । मुख्यमन्त्री र मन्त्रीहरू मात्र होइनन्, त्यहाँ कर्णाली प्रदेशका सांसद तथा अन्य विशिष्ट सरकारी कर्मचारीको आवास छ । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही र उनका मन्त्रीलाई लालाबालासहित चिसो भुइँमा सुतिरहेका बादीतिर हेर्ने फुर्सद छैन । उनीहरू सरकारी आवासको ओछ्यान र भोजनमा मस्त छन् । तर, शनिबार बेलुका पनि बादी समुदायका अधिकांशको चुलो बलेन । ‘यहाँ बस्न थालेपछि एक छाक मात्र खाएका छौँ, त्यो पनि केहीले सहयोग गर्नुभएको थियो । सहयोग गरेको खाद्यान्न सकियो, बेलुकी खाना नखाई सुत्न लागेका छौँ,’ कमलाले भनिन् ।
दैलेखको दुल्लु नगरपालिकामा बसोवास गर्दै १६ जनाको परिवारसहित आएकी भूमि बादीले पनि शनिबार एक छाक मात्र खाएको बताइन् । ‘एक छाक खाना खान्छौँ, एक छाक खाँदैनौँ । कसैले दिए खाने हो, नदिए कहाँबाट खाउँ । राम्रोसँग पानी पिउन पनि पाएका छैनौँ ।’
चिसो छल्न साना नानीबाबुहरू आगो बालेर ताप्दै थिए । दैलेख डुंगेश्वर गाउँपालिका– १ की सात वर्षीया बालिका सीता बादीको शरीरमा पातलो एकसरो कपडा थियो । लुगलुग काम्दै गरेकी उनले चिसोमा सुत्न नसकेर आगो तापेको बताइन् ।
सात दिनदेखि आन्दोलनरत उनीहरूका माग सुन्न सत्तासीन दल नेकपाका मात्र होइन, प्रतिपक्षी कांग्रेसका नेता पनि आएका छैनन् ।
विभिन्न आन्दोलन र चुनावका वेला नेताहरूले जुलुसमा हिँडाउने गरेको, तर अहिले कोही नआएको प्रेम बादीले गुनासो गरे । ‘आन्दोलन गर्न, समर्थन गर्न, नारा–जुलुस लगाउन हामीलाई बोलाउँछन्,’ चिसोमा काँप्दै गरेका उनले भने, ‘हामी गाँस र वास मागेर भोकभोकै आन्दोलन गर्दा कुनै राजनीतिक दलका मानिस आएका छैनन् ।’
बादी संघर्ष समितिका हिक्मत बादीले खुला चौरमा बसिरहेका बादी समुदायलाई शौचालयको समस्या रहेको बताए । खुला दिशामुक्त क्षेत्रमा दिसापिसाबको समस्या रहेको हिक्मतले बताए । ‘खुला दिसामुक्त क्षेत्र हो । अहिले हामी सामान्य पाल टाँगेर बसेका छौँ,’ उनले भने, ‘खानेपानी नभएको ठाउँमा शौच गर्ने पानी पाउन समस्या रहेको छ ।’
आफ्नै समुदायका जनप्रतिनिधि पनि आएनन्
आन्दोलनरत बादी समुदायले आफ्नै समुदायबाट प्रदेश तथा अन्य क्षेत्रमा प्रतिनिधित्व गर्ने जनप्रतिनिधि आन्दोलनमा नआएको गुनासो गरेका छन् । ‘अन्य समुदाय छाडिदिउँ, आफ्नै समुदायका सांसदसमेत भेट्न आएका छैनन् । उहाँहरूले हामीबाटै भोट लिएर गए पनि सयौँ घरपरिवार खुला आकाशमुनि बसिरहँदा सहानुभूति प्रकट गर्नसमेत आएका छैनन्,’ भूमिका बादीले भनिन्, ‘उहाँहरू यहाँ आउनुपथ्र्यो । हाम्रा गुनासा सुन्नुपथ्र्यो । हाम्रा मागबारे सरकारलाई झकझकाउनु पथ्र्यो ।’
कर्णाली प्रदेश सभामा दलित समुदायका ६ सांसद छन् । सत्तारुढ नेकपा संसदीय दलका प्रमुख सचेतक सीता नेपाली, सांसदहरू रातो कामी, दानसिंह परियार, झोवा कामी छन् । उनीहरू कोही पनि अहिलेसम्म पुगेका छैनन् । वीरेन्द्रनगर नगरपालिकाका कार्यपालिका सदस्य विष्णु बादीले सांसदहरू बादी समुदायको मागप्रति गैरजिम्मेवार भएको आरोप लगाए । ‘भोट माग्न उहाँहरू आउनुहुन्छ, फकाउनुहुन्छ । तर, हामीलाई समस्या परेको समयमा कोही पनि आउँदैनन्,’ उनले भने, ‘आगामी चुनावमा हाम्रो भोट उहाँहरूलाई नचल्ने नै हो त ?’
बादी समुदायका माग तत्काल सम्बोधन गर्नुपर्ने दलित गैरसरकारी संस्था महासंघका केन्द्रीय महासचिव जेबी विश्वकर्माले बताए । ‘उहाँहरूको जीवन जोगाउने जिम्मा सरकारको हो सात दिनदेखि चिसो भुइँमा रात
एक छाक खाएर मुख्यमन्त्री कार्यालयअगाडि बादी समुदायको दिनहुँ धर्ना, पाँच सय मिटर दूरीमा निवास रहेका मुख्यमन्त्री र मन्त्रीले अहिलेसम्म चासो दिएनन् ।
शनिबार बेलुकीको ९ बजे । डम्म बादल लागेको आकाशलाई छानो बनाएर बादी समुदाय सुत्ने तरखर गर्दै छ । कर्णाली प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयअगाडिको चौरमा यसरी खुला आकाशमुनि उनीहरूको यो छैटौँ वास हो ।
दिनभरि धर्ना बसेका उनीहरूले ओत लाग्ने ठाउँ कहीँ पाएका छैनन् । त्यसैले शीत, झरी, ठण्डीको केही परबाह नगरी बादी समुदायका करिब दुई सयजना यहाँ रात कटाइरहेका छन् । दुई सयमध्ये ७० भन्दा बढी बालबालिका र वृद्धवृद्धा छन् । उनीहरूको शिर लुकाउने थलो पनि यही खुला आकाश बनेको छ ।
‘रात छिप्पिँदै जाँदा चिसो थामिनसक्नु हुन्छ र शरीर काम्न थाल्छ,’ चिसो भुइँमै पुराना केही कपडा ओछ्याएर सुत्ने तरखर गर्दै गरेकी कमला बादी (३५)ले भनिन्, ‘भुइँमान्छेको वास आखिर भुइँमै हुने रहेछ ।’ हुन पनि उनले भनेजस्तै भएको छ । कर्णाली सरकारसँग गाँस, वास र कपास माग्न दैलेखदेखि आएका उनीहरू गत सोमबारदेखि यही चिसो भुइँमा छन् ।
दिनभरि मुख्यमन्त्री कार्यालयअगाडि धर्ना दिन्छन्, रातभर खुला चौरमा पल्टिन्छन् । न बाक्लो ओछ्यान, न न्यानो ओढ्ने, न शीत छल्ने छानो । दैलेख नारायण नगरपालिका– १ बाट आएकी कमलाले थपिन्, ‘सधैँ गरिबी र अभाव झेल्दै आएका हामीलाई न सरकारले हेर्दोरहेछ, न समाजले ।’
पाँच सय मिटरको दूरीमा मुख्यमन्त्री र मन्त्रीहरूको सरकारी आवास छ । मुख्यमन्त्री र मन्त्रीहरू मात्र होइनन्, त्यहाँ कर्णाली प्रदेशका सांसद तथा अन्य विशिष्ट सरकारी कर्मचारीको आवास छ । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही र उनका मन्त्रीलाई लालाबालासहित चिसो भुइँमा सुतिरहेका बादीतिर हेर्ने फुर्सद छैन ।
उनीहरू सरकारी आवासको ओछ्यान र भोजनमा मस्त छन् । तर, शनिबार बेलुका पनि बादी समुदायका अधिकांशको चुलो बलेन । ‘यहाँ बस्न थालेपछि एक छाक मात्र खाएका छौँ, त्यो पनि केहीले सहयोग गर्नुभएको थियो । सहयोग गरेको खाद्यान्न सकियो, बेलुकी खाना नखाई सुत्न लागेका छौँ,’ कमलाले भनिन् ।
दैलेखको दुल्लु नगरपालिकामा बसोवास गर्दै १६ जनाको परिवारसहित आएकी भूमि बादीले पनि शनिबार एक छाक मात्र खाएको बताइन् । ‘एक छाक खाना खान्छौँ, एक छाक खाँदैनौँ । कसैले दिए खाने हो, नदिए कहाँबाट खाउँ । राम्रोसँग पानी पिउन पनि पाएका छैनौँ ।’
चिसो छल्न साना नानीबाबुहरू आगो बालेर ताप्दै थिए । दैलेख डुंगेश्वर गाउँपालिका– १ की सात वर्षीया बालिका सीता बादीको शरीरमा पातलो एकसरो कपडा थियो । लुगलुग काम्दै गरेकी उनले चिसोमा सुत्न नसकेर आगो तापेको बताइन् ।
सात दिनदेखि आन्दोलनरत उनीहरूका माग सुन्न सत्तासीन दल नेकपाका मात्र होइन, प्रतिपक्षी कांग्रेसका नेता पनि आएका छैनन् ।
विभिन्न आन्दोलन र चुनावका वेला नेताहरूले जुलुसमा हिँडाउने गरेको, तर अहिले कोही नआएको प्रेम बादीले गुनासो गरे । ‘आन्दोलन गर्न, समर्थन गर्न, नारा–जुलुस लगाउन हामीलाई बोलाउँछन्,’ चिसोमा काँप्दै गरेका उनले भने, ‘हामी गाँस र वास मागेर भोकभोकै आन्दोलन गर्दा कुनै राजनीतिक दलका मानिस आएका छैनन् ।’
बादी संघर्ष समितिका हिक्मत बादीले खुला चौरमा बसिरहेका बादी समुदायलाई शौचालयको समस्या रहेको बताए । खुला दिशामुक्त क्षेत्रमा दिसापिसाबको समस्या रहेको हिक्मतले बताए । ‘खुला दिसामुक्त क्षेत्र हो । अहिले हामी सामान्य पाल टाँगेर बसेका छौँ,’ उनले भने, ‘खानेपानी नभएको ठाउँमा शौच गर्ने पानी पाउन समस्या रहेको छ ।’
आफ्नै समुदायका जनप्रतिनिधि पनि आएनन्
आन्दोलनरत बादी समुदायले आफ्नै समुदायबाट प्रदेश तथा अन्य क्षेत्रमा प्रतिनिधित्व गर्ने जनप्रतिनिधि आन्दोलनमा नआएको गुनासो गरेका छन् । ‘अन्य समुदाय छाडिदिउँ, आफ्नै समुदायका सांसदसमेत भेट्न आएका छैनन् । उहाँहरूले हामीबाटै भोट लिएर गए पनि सयौँ घरपरिवार खुला आकाशमुनि बसिरहँदा सहानुभूति प्रकट गर्नसमेत आएका छैनन्,’ भूमिका बादीले भनिन्, ‘उहाँहरू यहाँ आउनुपथ्र्यो । हाम्रा गुनासा सुन्नुपथ्र्यो । हाम्रा मागबारे सरकारलाई झकझकाउनु पथ्र्यो ।’
कर्णाली प्रदेश सभामा दलित समुदायका ६ सांसद छन् । सत्तारुढ नेकपा संसदीय दलका प्रमुख सचेतक सीता नेपाली, सांसदहरू रातो कामी, दानसिंह परियार, झोवा कामी छन् । उनीहरू कोही पनि अहिलेसम्म पुगेका छैनन् । वीरेन्द्रनगर नगरपालिकाका कार्यपालिका सदस्य विष्णु बादीले सांसदहरू बादी समुदायको मागप्रति गैरजिम्मेवार भएको आरोप लगाए । ‘भोट माग्न उहाँहरू आउनुहुन्छ, फकाउनुहुन्छ । तर, हामीलाई समस्या परेको समयमा कोही पनि आउँदैनन्,’ उनले भने, ‘आगामी चुनावमा हाम्रो भोट उहाँहरूलाई नचल्ने नै हो त ?’
बादी समुदायका माग तत्काल सम्बोधन गर्नुपर्ने दलित गैरसरकारी संस्था महासंघका केन्द्रीय महासचिव जेबी विश्वकर्माले बताए । ‘उहाँहरूको जीवन जोगाउने जिम्मा सरकारको हो । बादी समुदायका मागप्रति राज्य उदासीन भएको मैले महसुस गरेको छु,’ उनले भने, ‘बादी समुदायका लागि कृषियोग्य जमिनका साथै एकीकृत बस्तीमा बसाउन आवश्यक छ । संघीय सरकार होस् वा प्रदेश वा स्थानीय सरकार होस्, उहाँहरूको माग तत्काल सम्बोधन होस् ।’
सशक्त आन्दोलन गर्ने चेतावनी
मुख्यमन्त्रीसँग शुक्रबारको वार्ता असफल भएपछि बादी समुदाय सशक्त आन्दोलनको तयारीमा जुटेको छ । कृषियोग्य जमिनको माग पूरा नभएसम्म आन्दोलन जारी राख्ने उनीहरूको भनाइ छ । २५ वर्षदेखि आफूहरू झुपडीमा बस्दै आएको भन्दै उनीहरूले माग पूरा नभए वर्षौँ यही स्थानमा बस्न तयार रहेको उनीहरूले बताए । कमला बादीले भनिन्, ‘हामीलाई खेती गर्न कृषियोग्य जमिन चाहियो । लसुन लगाउने बारीसम्म छैन । खेतीयोग्य जमिन भए खेती गरेरै खान्छौँ, गुजारा गर्छौँ, कसैको निगाहमा जीवन चलाउनुपर्ने थिएन ।’। बादी समुदायका मागप्रति राज्य उदासीन भएको मैले महसुस गरेको छु,’ उनले भने, ‘बादी समुदायका लागि कृषियोग्य जमिनका साथै एकीकृत बस्तीमा बसाउन आवश्यक छ । संघीय सरकार होस् वा प्रदेश वा स्थानीय सरकार होस्, उहाँहरूको माग तत्काल सम्बोधन होस् ।’
सशक्त आन्दोलन गर्ने चेतावनी
मुख्यमन्त्रीसँग शुक्रबारको वार्ता असफल भएपछि बादी समुदाय सशक्त आन्दोलनको तयारीमा जुटेको छ । कृषियोग्य जमिनको माग पूरा नभएसम्म आन्दोलन जारी राख्ने उनीहरूको भनाइ छ । २५ वर्षदेखि आफूहरू झुपडीमा बस्दै आएको भन्दै उनीहरूले माग पूरा नभए वर्षौँ यही स्थानमा बस्न तयार रहेको उनीहरूले बताए । कमला बादीले भनिन्, ‘हामीलाई खेती गर्न कृषियोग्य जमिन चाहियो । लसुन लगाउने बारीसम्म छैन । खेतीयोग्य जमिन भए खेती गरेरै खान्छौँ, गुजारा गर्छौँ, कसैको निगाहमा जीवन चलाउनुपर्ने थिएन ।’ नयाँ पत्रिकामा खवर छ ।