spot_img

प्रचण्ड–नेपाल पक्षलाई सूचना चुहाएको निहुँमा गृहमन्त्री थापाले हटाए सचिवालयका एक कर्मचारी

spot_img

गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले आफ्नो सचिवालयका एक कर्मचारीलाई पदबाट हटाएका छन् । गृहमन्त्री थापाले आफ्ना स्वकीय अधिकृत वीरु तामाङलाई आइतवार जिम्मेवारीमुक्त गरेका हुन् मन्त्रीले आफ्नो स्वकीय सचिवालयमा कर्मचारी राख्नु वा हटाउनु सामान्य प्रक्रिया भएपनि तामाङलाई हटाउनुको कारण भने रोचक रहेको स्रोतको दाबी छ ।

’तपाईं मेरो स्वकीय सचिवालयअन्तर्गत स्वकीय अधिकृत पदमा कार्यरत गरिरहनुभएको (रहिरहनुभएकोमा) मिति २०७७÷१०÷३० गतेदेखि लागू हुने गरी उक्त जिम्मेवारीबाट मुक्त गरिएको व्यहोरा जानकारी तपाईंलाई गराइन्छ । साथै तपाईंले काम र कर्तव्य सम्पादन गर्नुभएकोमा धन्यवाद छ,’ मन्त्री थापाले तामाङलाई थमाएको पत्रमा भनिएको छ ।स्रोतका अनुसार हाल नेकपा प्रचण्ड–नेपाल पक्षमा रहेका पूर्व माओवादी खेमाका एक प्रभावशाली नेतासँग निरन्तर सम्पर्कमा रहेको तथा सूचना चुहाएको अभियोगमा तामाङलाई हटाइएको हो ।पूर्व माओवादी खेमाबाटै प्रतिनिधित्व गर्ने गृहमन्त्री थापा भने हाल नेकपा ओली समूहमा छन् ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img