काठमाडाैँ,नेपालगञ्ज र सुर्खेतमा लकडाउनका कारण अलपत्र परेका डाेल्पाली नागरिकको उद्दार गरिएको छ । घर जान नपाएर नेपालगञ्ज र सुर्खेतमा अलपत्र परेका डाेल्पाका विभिन्न स्थानीय तहका झण्डै ३ सय ५० जनालाई उद्दार गरेर डाेल्पा पठाइएकाे कर्णाली प्रदेशका उद्योग पर्यटन वन तथा वातावरण मन्त्री नन्दसिंह बुढाले जानकारी दिनुभयाे । उनीहरूलाइ बुधबार नेपालगञ्जबाट ६ गाडिमा २ सय ५० भन्दा बढि र बिहीबार सुर्खेतबाट १ सय भन्दा बढिलाइ २ वटा गाडिमा राती डाेल्पा पठाइएकाे हाे । नागरिककाे उद्दारका लागि कर्णाली प्रदेश सरकार,कर्णाली प्रदेशका उद्योग पर्यटन वन तथा वातावरण मन्त्री नन्दसिंह बुढा,प्रदेशकै सांसद विरवहादुर शाहिले गाडिकाे व्यवस्थापन सहित विशेष पहल गरेका थिए । सहजिकरण नेपालगञ्जमा ने.क.पा डाेल्पाका जिल्ला कमिटि सदस्य तथा युवा नेता बिमल पहाडीले गरेका थिए । सुर्खेतमा सहजिकरणकाे काम डाेल्पा -सुर्खेत सम्पर्क मन्चले गरेकाे मन्चका अध्यक्ष दिलिप कुमार सिँहले जानकारी दिए ।


















