प्रचण्ड–नेपाल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले देव गुरुङलाई प्रमुख सचेतकबाट हटाउने प्रधानमन्त्री केपी शर्मा ओलीको निर्णय स्वेच्छाचारी भएको भन्दै त्यो अमान्य हुने बताएको छ।सोमबार सिंहदरबारमा बसेको सचिवालय बैठकपछि प्रवक्ता नारायण काजी श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख सचेतक देव गुरुङलाई हटाउने स्वेच्छाचारी निर्णय गरेको भन्दै सो कुरा मान्य नहुने भन्दै आपत्ति जनाएका हुन्