काठमाडौ, महानगरपालिकाको टोलीमा बागमति प्रदेश बाहेकका प्रदेशका खेलाडी समावेश गरिएको छ। नेपाल क्रिकेट संघ (क्यान) ले प्रधानमन्त्री कप प्रतियोगितामा उत्कृष्ट प्रर्दशन प्रदेशका खेलाडीलाई काठमाडौं महानगरपालिका टोलीमा राखेको छ।काठमाडौं महानगरपालिका टोलीमा लुम्बिनी प्रदेशबाट पाँच खेलाडीले स्थान बनाएका छन्। कर्णालीबाट तीन खेलाडी ठाउँ बनाउँदा प्रदेश एकबाट १ मात्र खेलाडी परेका छन्।
प्रदेश २, गण्डकी र सुदूरपश्चिमबाट २–२ जना खेलाडी काठमाडौं महानगरपालिका टोलीमा परेका छन्। ६ प्रदेशबाट १५ खेलाडीले ठाउँ बनाउँदा प्रदेश २ र सुदूरपश्चिम प्रदेशका कप्तान भने अटाएका छैनन्। बाँकी सबै प्रदेशका कप्तानले स्थान बनाएका छन्।काठमाडौं महानगरपालिकाको सहयोगमा क्यानले काठमाडौं मेयर कप २०७७ प्रतियोगिता गर्दैछ। त्रिवि क्रिकेट मैदान र मुलपानी क्रिकेट मैदानमा हुने प्रतियोगिता फागुन २२ देखि २९ सम्म चल्नेछ।
गत माघमा सम्पन्न प्रधानमन्त्री कप पुरुष एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताका चारवटा सेमिफाइनलिस्ट टिमहरू र काठमाडौ महानगरपालिकाको टोली गरी ५ टोली सहभागी हुनेछन्।प्रतियोगितामा त्रिभुवन आर्मी क्लब, नेपाल एपीएफ क्लब, नेपाल पुलिस क्लब र बागमती प्रदेशसँगै काठमाडौं महानगरपालिकाको टिम प्रतियोगितामा सहभागी हुनेछन्।
प्रदेश १ ः सिद्धान्त लोहनी
प्रदेश २ ः विवेक यादव र हरि शंकर शाह
गण्डकी प्रदेश ः अर्जुन कुमाल र विपिन खत्री
लुम्बिनी प्रदेश ः कृष्ण कार्की, सन्दीप रजाली, सौरभ खनाल, बिक्रम भुषाल र अनिल खरेल
कर्णाली प्रदेश ः रविन्द्रजंग शाही, विपिन रावल र अनुज चनारा
सुदूरपश्चिम प्रदेश ः खडक बहादुर बोहरा र नारायण जोशी