spot_img

विप्लव समूह पनि वार्ताका लागि तयार, वार्ता टोली बनाउने तयारी

spot_img

प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टी विप्लव समूह पनि सरकारसँग वार्ताका लागि तयार भएको छ । सरकारले गृहमन्त्री रामबहादुर थापा बादलको संयोजकत्वमा प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार राजन भट्टराई सदस्य रहने गरी वार्ता टोली गठन गरेसँगै विप्लव समूह पनि वार्ताका लागि तयार भएको हो ।विप्लव निकट स्रोतले यसअघिको अनौपचारिक छलफलअनुसार नै सरकारले वार्ता टोली घोषणा गरेकाले स्वाभाविक रुपमा आफूहरु वार्ताको लागि तयार भएको प्रतिक्रिया दिएको छ ।

स्रोतका अनुसार विप्लव समूहले आज वा भोलि प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ को संयोजकत्वमा वार्ता टोली घोषणा गर्ने तयारी गरेको छ ।यसअघि नै विप्लवले एक विज्ञप्तिमार्फत वार्तामा बस्न आफूहरु तयार रहेको जनाएका थिए। आफूहरुको क्रान्ति राष्ट्र, समाज, अग्रगामी रुपान्तरण एवम् जनताको हित र अधिकारका लागि गरिएको सचेत पहल रहेको र जनसमुदायमा सहज गतिविधि तथा कार्यक्रम गर्ने वातावरण बन्ने अवस्थामा वार्तामा बस्न तयार रहेको विप्लवको भनाइ थियो ।

मंगलबार सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले सरकारका तर्फबाट वार्ता टोली गठन गरेपछि विप्लव पक्षबाट पनि छिटो भन्दा छिटो वार्ता टोली गठन हुने अपेक्षा व्यक्त गरे । उनले नेपालमा शान्ति राष्ट्र बनाउने दृष्टिकोणअनुसार सबै द्वन्द्वमा रहेका पक्षहरुसँग वार्ता गर्न लागेको र प्रधानमन्त्री केपी ओलीले पनि विभिन्न यसबारे सार्वजनिक मञ्चबाट उद्घोष गरेअनुसार विप्लव पक्षसँग वार्ता गरेर शान्ति प्रक्रियामा ल्याउन लागेको बताए ।

सो दलमाथि लागेको प्रतिबन्ध हटाउने वा नहटाउने भन्ने कुरा वार्ताबाटै टुङ्गिने मन्त्री गुरुङको भनाइ छ । उनले भने, ‘उहाँहरुलाई लागेका मुद्दाहरु, हतियार बुझाउने कुराहरु, उहाँहरूसँग सम्बन्धित कुराहरूबारे छलफलका लागि नै वार्ता टोली गठन गरिएको हो । वार्ताभन्दा अगाडि नै सबै कुरा गरियो भने वार्ताको औचित्य नै समाप्त हुन्छ । त्यसैले वार्ताबाट नै समस्या समाधान गर्ने भनेर हामीले प्रेस विज्ञप्तिमा नै उल्लेख गरेका छौँ । वार्ताबाट नै सबै समस्याको समाधानका लागि नै वार्ता टोली गठन गरिएको हो ।’सरकारले विप्लव समूह ध्वंसात्मक गतिविधिमा संगठन भएको भन्दै २०७५ फागुन २८ गते प्रतिबन्ध लगाउने घोषणा गरेको थियो ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img