spot_img

अविश्वासको प्रस्तावबारे संसद् सचिवालयले निर्णय लिन्छ ः माधवकुमार नेपाल

spot_img

मोरङ,  नेकपा दाहाल–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध दर्ता भइसकेको अविश्वासको प्रस्तावको विषयमा संसद् सचिवालयले यथोचित निर्णय लिने बताएका छन् ।प्रेस संगठन मोरङले मंगलबार विराटनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले प्रतिगमनका विरुद्ध संघर्षका मैदानमा उत्रिएका सबै दलसँग मिलेर सरकार बनाउने बताएका हुन् । दाहाल–नेपाल समूहले प्रधानमन्त्री ओलीविरुद्ध संसद् सचिवालयमा पुस ५ गते अविश्वासको प्रस्ताव दर्ता गराएको छ ।

‘हामीलाई प्रधानमन्त्री चाहिएन,’ उनले भने, ‘जनता समाजवादी पार्टीले के निर्णय गर्छ र कांग्रेससँग छलफल गरेर जसलाई प्रधानमन्त्री बनाउन चाहे त्यो गर्न तयार छौं किनकी हामीलाई प्रतिगमन बाहकसँग मुक्ति चाहिएको छ ।’ संसारभरिको चलनका आधारमा पनि असंवैधानिक कदम चालिसकेको र सर्वोच्च अदालतले फैसला गरिसकेको अवस्थामा तत्काल प्रधानमन्त्रीले राजीनामा दिनु पर्ने नेपालको भनाइ थियो ।

पार्टीको आधिकारिकताको विषयमा निर्वाचन आयोगलाई बहुमतको कदर गर्न नेपालले आग्रह गरे । ‘लोकतान्त्रिक व्यवस्थामा जहिले पनि बहुमतको कदर हुन्छ र सामान्य ज्ञानको कुरा हो,’ उनले भने, ‘जनताको बीचमा पनि मतदानमा, संसद्मा र पार्टीभित्र पनि बहुमतको कदर हुन्छ । व्यक्ति संगठनको मातहतमा, अल्पमत बहुमतको मातहतमा हुन्छ र बहुमतको कदर हुने उल्लेख भएको पार्टीको विधान निर्वाचन आयोगमा रोखेको छ ।’

त्यसैले ४ सय ४१ जनाको बहुमतको आधारमा निर्वाचन आयोगलाई निर्णय गर्न आग्रह गरिरहेको उनले सुनाए । ज्यान खतरामा छ भन्ने सुन्यौं त्यसैले प्रधानमन्त्रीको सुरक्षाका लागि नेकपाले पहल गर्ने भन्दै उनले भने, ‘देशको प्रधानमन्त्री नै असुरक्षित भयो भने खतराको कुरा भएन ?’ एमसीसी पास हुन्छ कि भन्ने सञ्चारकर्मीको जिज्ञासामा उनले भने, ‘एमसीसी पास गर्ने÷नगर्ने छलफल गरौंला नि।’ एमसीसीका बारेमा नकारात्मक नभएकाले छलफल गरेर सबैको हितमा निर्णय लिने नेपालले प्रष्ट पारे ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img