spot_img

संसद बैठक सुरु हुनै लाग्दा सभामुख सापकोटासँग प्रचण्डको वार्ता

spot_img

यही फागुन २३ गते प्रतिनिधिसभा बैठक बस्न लाग्दै गर्दा नेकपाका दाहाल–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सभामुख अग्‍नि सापकोटासँग वार्ता गरेका छन् ।प्रचण्डले मंगलबार बिहान सभामुख सापकोटासँग उनको सरकारी निवास लैनचौर पुगेर करिब १ घण्टा वार्ता गरेका स्रोतले जनाएको छ।भेटका क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध संसद सचिवालयमा दर्ता भएको अविश्वासको प्रस्तावसहित अन्य मुद्दा छलफल भएको दाबी स्रोतले गरेको छ

राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषदको बैठकको सिफारिस अनुसार फागुन २३ गते अपरान्ह ४ बजेका लागि सोमबार संसद अधिवेशन बोलाएकी छिन् ।संसद बैठक बस्ने पूर्वसन्ध्यामा प्रचण्ड–नेपाल समूहका नेताहरुले सभामुख सापकोटालाई भेटेर वार्ता गर्नुलाई अर्थपूर्ण मानिएको छ।

सर्वोच्च अदालतले गत फागुन ११ गते प्रतिनिधि सभा पुनःस्थापना गरिदिएपछि अब नेकपाको विवाद संसदमा पोखिने अनुमान गरिएको छ। यो संसद बैठकमा प्रधानमन्त्रीको राजीनामा, उनीविरुद्ध अविश्वास प्रस्तावलगायतमा छलफल हुने बताइएको छ। संसदको आगामी बैठकलाई राजनीतिक रूपले चासोपूर्वक हेरिएको छ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img