spot_img

प्रधानमन्त्रीविरुद्धको अविश्वास प्रस्तावमा सघाउने काँग्रेस र जसपाको सङ्केत

spot_img

काठमाडाैं,प्रधानमन्त्री केपी शर्मा ओलीमाथि अविश्वासको प्रस्ताव लगाउनमा काँग्रेस र जनता समाजवादी पार्टी नेपालले सघाउने संकेत दिएपछि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड समूहले त्यसअनुसारको तयारी थालेको छ । सरकार बनाउन तत्कालै सहयोग नगर्ने भनिए पनि अविश्वासको प्रस्तावमा सहयोग गर्ने सङ्केत दिएपछि नेकपा प्रचण्ड–माधव समूहले त्यसको तयारी थालेको हो ।

जसपा नेपालका कार्यरिणी समितिका एकजना सदस्यले रातोपाटीसँग भने, ‘प्रचण्डहरूले प्रधानमन्त्रीमाथि लगाउने अविश्वासको प्रस्तावमा सहयोग गर्नुपर्छ, त्यसरी सहयोग गरेपछि मात्र पार्टी विभाजन हुनसक्छ । प्रधानमन्त्रीका विरुद्ध अविश्वासको प्रस्ताव नलगेसम्म अहिलेको अवस्था यथास्थितिमा चलिरहन्छ । पार्टी अन्त्यमा गएर मिल्न पनि सक्छ । त्यसैले यो पार्टी फुट्नुमा जसपा नेपाललाई मात्र होइन काँग्रेसलाई पनि फाइदा छ ।’

जसपा नेपालको हिजोदेखि शुरु भएको प्रचार विभागको प्रशिक्षण कार्यक्रममा पनि जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले पार्टी सरकारमा नजान सक्ने तर काँग्रेस, नेकपा र जसपाको गठबन्धन बन्न सक्ने धारणा राखेका थिए । आफ्ना पार्टी निकट पत्रकारहरुलाई उनले भनेका थिए, ‘काँग्रेस, जसपा र नेकपा बीचमा गठबन्धन बनाएर देशको नेतृत्व गर्नेछौँ ।’

त्यस्तै, जसपाका वरिष्ठ नेता राजेन्द्र महतोले मंगलबार नै कैलालीमा पत्रकारहरुसँग कुरा गर्दै नेकपा अहिले एउटै पार्टी रहेको बताउँदै त्यो विषय स्पष्ट नभएसम्म सरकारमा सहकार्य नहुने बताए । उनले भने, ‘जसपा नेपाल सरकार जाँदैन । अहिलेसम्म नेकपा दुईतिहाइ बहुमतको सरकार रहेको छ, त्यसमा हाम्रो के काम ? काँग्रेस पनि त्यो सरकारमा जाँदैन, र जानु पनि हुँदैन । नेकपा अहिले एउटै पार्टी हो, यो सरकारमा पनि छ र सडकमा पनि छ, कुन कुन पार्टी हो त्यसको त्यो स्पष्ट नभएसम्म सरकारमा सहकार्य हुँदैन ।’

यद्यपि, उनले अविश्वासको प्रस्तावको बारेमा सोच्न सकिने धारणा राखे । उनले अविश्वासको प्रस्ताव बारे पार्टीमा अहिले कुनै छलफल भएको नभएको र अविश्वासको प्रस्ताव पेस भएपछि त्यसबारे छलफल गर्ने धारणा राखे ।

काँग्रेसको पनि मोटामोटी त्यही नै धारणा रहेको छ । काँग्रेसका नेता चिनकाजी श्रेष्ठले भन्छन्, ‘मेरो विचारमा वैधानिक रुपमा प्रचण्ड–माधव समूहले अविश्वासको प्रस्ताव लग्नै सक्दैन । पहिलो कुरा संसदीय दलको नेता फेर्नुपर्छ नत्र आफ्नै पार्टीको सांसदले आफ्नै पार्टीका प्रधानमन्त्रीलाई कसरी अविश्वासको प्रस्ताव लान सक्छ ?’

उनले अविश्वासको प्रस्ताव आएपछि त्यसको बारेमा सल्लाह गर्ने तर त्यसअघि नेकपा आफैमा स्पष्ट हुनुपर्ने उनले बताए । उनले भने, ‘अहिले हामी उफ्रेर प्रचण्ड–माधवलाई साथ दियौँ र भोलि गएर वहाँहरु पुनः ओलीसँग नै मिल्नुभयो भने के अवस्था हुन्छ ? त्यसैले पहिलो कुरा नेकपा स्पष्ट हुनुपर्छ ।’

जसपा र काँग्रेसबाट संकेत पाइसकेपछि अविश्वासको तयारीलगायतका विषयमा छलफल गर्न नेकपा प्रचण्ड–माधव समूहले पार्टीको बैठक बोलाएको छ । फागुन १९ गते केन्द्रीय कमिटीको बैठक बस्दैछ, त्यसबाट हरेक कुराको छिनोफानो हुने बताइएको छ ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img