काठमाडाैं,डाेल्पाे खेलकुद संघकाे आयाेजनामा हुन लागेकाे “दाेस्राे डाेल्पाे गाेल्ड कप २०२१” २२ गते शनिबार काठमाडाैंकाे बाैद्द हुने भएकाे हाे । बुधबार काठमाडाैं पत्रकार सम्मलेन गरेर डाेल्पाे खेलकुद संघले डाेल्पाे गाेल्ड कप प्रतियाेगिता सम्वन्धि जानकारी दिएकाे छ । फुटवल प्रतियाेगितामा १८ टिमकाे सहभागिता रहने छ जसमध्ये पुरूष १४ र महिला ४ हुने संघका अध्यक्ष भुचुङले जानकारी दिए ।

पुरूष फुटवल टीममाः
फाेक्सुण्डाे,भेन्चाङ-A,भेन्चाङ-B,साल्दाङ फुटबल टिम,भिजेर-A,भिजेर-B,छार्काताङसाेङ-A,छार्काताङसाेङ-B,नाङ्खाेङ थन्डर फुटवल टीम,याक टिम, ताराप खाेङ्गला टीम,क्रिष्टल माउन्टेन फुटवल टीम,ताराप फुटवल टीम र स्वयम्भु डाेल्पाे टीम छन् ।
यस्तै महिला तर्फ भनेः
भिजेर गल्स टीम,नाङ्खाेङ सुपर गल्स टीम, भेन्चाङ-A,भेन्चाङ-B
अध्यक्ष भुचुङका अनुसार १ दिने प्रतियाेगिता बाैंद्दकाे ली हिमालया फुड सलमा हुनेछ । प्रतियाेगितामा प्रमुख अतिथिका रूपमा पूर्व राष्ट्रिय फुटवल टीमका कप्तान तथा पूर्व नेपाली राष्ट्रिय फुटवल टीमका मुख्य प्रशिक्षक राजुकाजी शाक्य हुनुहुन्छ । यस्तै विशेष अतिथिका रूपमा टुल्कु कर्मा साङ्वाे रिम्पाेचे र उपाल्लाे डाेल्पाका ३ वटै गाउँपालिका शे-फाेक्सुण्डाे,डाेल्पाेबुद्द र छार्काताङसाेङ गाउँपालिकाका अध्यक्षहरूकाे उपस्थिति रहेन छ । प्रतियाेगिता हेर्न उपल्लाे डाेल्पावासीकाे बाक्लाे उपस्थिति हुने आयाेजककाे विश्वास छ ।

प्रतियाेगिताकाे मुख्य प्रायाेजक डाेल्पाे साेसाइटी,शे-फाेक्सुण्डाे,डाेल्पाेबुद्द र छार्काताङसाेङ गाउँपालिका रहेका छन् भने प्रायाेजकमा हाेटल मण्डला,हिमालयन म्युजियम,डाेल्पाे टुल्कु च्यारिटेवल फाउन्डेसन,Revival of Vijer,Explore dolpa, सिन्धु स्पाेर्टस् चावहिल एण्ड जाेरपाटी रहेका छन् । मिडीया पार्टनर भने इमान्दार खवर डटकम (imandarkhabar.com) रहेकाे छ ।



















