spot_img

बादी समुदाय १० दिनदेखि भोकभोकै धर्नामा

spot_img

वीरेन्द्रनगर — आफूहरूको मागप्रति सरकार गम्भीर नभएको बादी समुदायका व्यक्तिले गुनासो गरेका छन् । जग्गा र उचित बसोबासको माग गर्दै कर्णालीका बादीहरू १० दिनदेखि मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय अगाडि धर्नामा बसेका छन् । आफूहरू भोकभोकै धर्नामा बसे पनि प्रदेश सरकारले बेवास्ता गरेको बादी अगुवा हिक्मत बादीले बताए । ‘१० दिनदेखि खुला आकाशमा रात बिताइरहेका छौं,’ उनले भने, ‘पेटभरि खान नपाएको ५ दिन भयो ।’

मुख्यमन्त्री कार्यालय अगाडिको चौरमा झन्डै ४ सय बादी समुदायका व्यक्ति धर्नामा बसिरहेका छन् । सीप बेचेर खान्छौं भन्दा पनि सरकारले जग्गा र बसोबासको व्यवस्था गर्न नसकेको दैलेखको दुल्लु नगरपालिकाकी भूमिका बादीले बताइन् । ‘राउटेलाई जग्गा दिन तयार प्रदेश सरकारले हामीलाई हेला ग¥यो,’ उनले भनिन्, ‘घरजग्गा नहुँदा परिवार पाल्न मुस्किल भयो, जग्गा मात्रै दिए पनि खेती गरेर खान्थ्यौं ।’

जमिनको व्यवस्था नगरेसम्म मुख्यमन्त्री कार्यालय नछोड्ने सबै बादी अगुवाको अडान छ । निर्वाचनका बेला दलहरूले पुर्जा दिन्छौं भनेर भोट मागे पनि अहिले बेवास्ता गरेको अर्का अगुवा प्रकाश बादीले बताए । ‘जितेपछि नेताहरू फर्केर आएनन्,’ उनले भने, ‘उनीहरूलाई चुनावी नारा सम्झाउन पनि आन्दोलन थालेका हौं ।’

प्रदेश सरकारसँग जीविकोपार्जनको विकल्प माग्न सुर्खेत आइपुगेको ६० वर्षीया लक्ष्मी बादीले बताइन् । ‘काम गर्न जग्गा छैन, मजदुरी पनि पाइँदैन,’ उनले भनिन्, ‘अझै कति दिन सहेर बस्ने ? सरकारले जग्गा नदिएसम्म गाउँ जाँदैनौं ।’ उनका अनुसार धर्नामा बालबालिका, ज्येष्ठ नागरिकदेखि गर्भवती र सुत्केरीसमेत सहभागी छन् ।

प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारीले जग्गा प्रदेश सरकारको क्षेत्राधिकारभित्र नपर्ने भएकाले संघीय र स्थानीय सरकारसँग माग गर्न अनुरोध गरिएको बताए । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले भने बादी समुदायलाई अरू सबै सहयोग गरे पनि जग्गा दिन नसकिने बताएका छन् ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img