चितवन, नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीले सरकार गठनमा दाहाल–नेपाल समूहको नेकपालाई सघाउनुपर्ने बताएका छन्।उनले वर्तमान राजनीतिक संकट समाधानका लागि कांग्रेस सरकारमा जान नहुने बताएका हुन्।नेपाल प्रेस युनियनले बिहीबार चितवनमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले भने, ‘कांग्रेसले अरुलाई सरकार चलाउन सहयोग गर्न सक्छ।
कांग्रेसले अरूलाई सहयोग गरेर पनि देशलाई संकटबाट पार लगाउन सक्ने उनको भनाइ छ।वरिष्ठ नेता पौडेलले भने, ‘कांग्रेसले आफ्नो हैसियतमा रहेर अरुलाई सरकार चलाउन सहयोग गर्न सक्छ, त्यसमा कांग्रेसको भूमिका अझमहत्त्वपूर्हुन्छ।’प्रधानमन्त्री बन्न कांग्रेस सभापति शेरबहादुर देउवालाई सजिलो नभएको पौडेलको भनाइ छ। उनले आफूले देउवालाई प्रधानमन्त्री हुनबाट रोक्न नखोजेको पनि प्रष्ट पारे।
उनले भने, ‘अहिलेको स्थिति नाजुक छ, संकटबाट देशलाई पार लगाउने जिम्मेवारी कसले लिने? कांग्रेसबाहेक अरूले भूमिका खेल्न सक्ने हैसियत मैले देखेको छैन।’पार्टीको बिहीबार हुने पदाधिकारी बैठकमा आफूले केन्द्रीय समितिको बैठक माग गर्ने जनाउँदै उहाँले नीतिगत निर्णय गरेर अघि बढ्नुपर्ने अवस्था देखिएको बताए।
उनले भने, ‘सरकारमा किन जाने, कसरी जाने, के रुपमा जाने भन्ने कुरा छलफल गर्छौं।’ एक प्रश्नका जवाफमा अहिलेको ‘भद्रगोल राजनीति’ कांग्रेसले सम्हाल्नुपर्ने बताउँदै उनले भारत, चीन र अमेरिकालाई सुविधा हुने गरी नभई नेपालको प्रणालीलाई सुविधाजनक हुनेगरी सरकार बन्नुपर्ने बताए।उनले व्यवस्था प्रभावित गर्ने गरी आफूलाई कुनै पद नचाहिएको र अहिलेकै अवस्थाको राष्ट्रपति पद पनि आफूलाई कहिल्यै नचाहिने बताए।