spot_img

विप्लव नवलपरासीमा सार्बजनिक,सरकारी हेलिकप्टर वहिष्कार गाडीमा काठमाण्डौ आउदैँ

spot_img

काठमाडाैँ,सरकारसँग तीन बुँदे सहमतिसँगै शान्तिपूर्ण राजनीतिमा आएको नेकपाका महासचिव नेत्रविक्रम चन्द (विप्लव) पहिलो चोटी सार्वजनिक स्थानमा सार्बजनिक भएका छन् । अहिले उनको एक तस्विर सामजिक सञ्जालमा भाइरल नै भएको छ । काठमाण्डौ प्रस्थान हुनपुर्व उनी नवलपरासीमा एक सहिद परिवारको घरमा टिका लगाएको तस्विर सार्बजनिक भएको हो ।

सरकारले प्रतिबन्ध फुकुवा गरेसँगै नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द ‘विप्लव’ नवलपरासीबाट काठमाडौंका लागि प्रस्थान गरेका छन् । सरकार र विप्लव समूहबीच तीन बुँदै सहमतिपछि सरकारले प्रतिबन्ध फुकुवा गरेसँगै उनी काठमाडौँ आउन लागेका हुन् । सरकार र विप्लव समूहको वार्ता टोलीबीच भएको सहमतिको विस्तृत विवरण आज हुने विशेष समारोहमा सार्वजनिक गरिने छ ।

समारोहलाई प्रधानमन्त्री केपी शर्मा ओली र महासचिव विप्लवले संयुक्त सम्बोधन गर्ने कार्यक्रम तय भएको छ । आज दिउँसो २ बजे राष्ट्रिय सभागृहमा कार्यक्रमको आयोजना गरिने छ । यसअघि हिजो साँझ नवलपरासी पूर्व बुलिङटारमा विप्लवलाई स्थानीयले स्वागत गरेका थिए ।

बिहीवार सरकारसँग भएको सहमतिअनुसार विप्लव नेतृत्वको नेकपाले आफ्ना सम्पूर्ण राजनीतिक विषयहरुको समाधान संवादका माध्यमबाट गर्ने, आफ्ना सम्पूर्ण राजनीतिक क्रियाकलापहरु शान्तिपूर्ण रुपमा संचालन गर्ने र नेपाल सरकारका तर्फबाट लागाइएको पार्टीमाथिको प्रतिबन्ध हटाउने, सम्पूर्ण बन्दीको रिहाइ र मुद्दा खारेजी लगायतका विषय रहेका छन् । यसअघि बुधबार दुई चरण र बिहीबार बिहानको वार्तापछि ३ बुँदे सहमतिपत्रमा हस्ताक्षर भएको थियो ।

सहमतिपत्रमा सरकारी वार्ता टोलीका संयोजक गृहमन्त्री रामबहादुर थापा र नेकपाका तर्फबाट प्रवक्ता खड्गबहादुर विश्वकर्माले हस्ताक्षर गरेका छन् । सरकारले विप्लव नेतृत्वको नेकपामाथि ०७५ फागुन २८ मा प्रतिबन्ध लगाउने निर्णय गरेको थियो ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img