spot_img

१३ वर्षीया आफ्नै छोरी बलात्कार गर्ने बुबा पक्राउ

spot_img

पूर्वी, नवलपरासीमा आफ्नै छोरीलाई पटक–पटक बलात्कार गरेको आरोपमा बुबा पक्राउ परेका छन् । विनयी त्रिवेणी गाउँपालिका ४ सर्दीका ३८ वर्षीय बुबाले पटक–पटक आफ्नै १३ वर्षीया छोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले बिहीबार पक्राउ गरेको हो ।

छोरीलाई बलात्कार गरेको घटना गाउँमा बाहिर सार्वजनिक हुन थालेपछि उनी तीन महिनाअघि भारत फरार भएका थिए । तीन महिनापछि घर फर्किएका बुबालाई गाउँलेले देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । प्रहरीले खबर पाएलगत्तै उनलाई नियन्त्रणमा लिएको हो ।

पीडित बालिकाले आफ्नै बुबाले विगत पाँच वर्षदेखि पटक–पटक बलात्कार गरेको जानकारी दिएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक दिलीप कुमार गिरीले बताए । पीडित बालिकालाई बिहीबार नै स्वास्थ्य परीक्षणका लागि चितवन जिल्ला अस्पताल भरतपुर पठाउने तयारी भइरहेको छ ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img