डाेल्पाे गाेल्ड कपमा बढ्दाे क्रेजः“दाेस्राे डाेल्पाे गाेल्ड कप २०२१” भव्य र सभ्य रूपमा सपन्न । ( फाेटाेफिचर सहित )
रूपक कुलाल,काठमाडौं
डोल्पो खेलकुद संघको आयोजनामा भएको “दोस्रो डोल्पो गोल्ड कप २०२१” २२ गते शनिबार काठमाडौंको बौद्दमा सम्पन्न भएकाे छ । फुटवल प्रतियोगितामा १८ टिमको सहभागिता रहकाे,जसमध्ये पुरूष १४ र महिला ४ टीम थिए । १ दिने प्रतियाेगितामा ली हिमालया फुड सलमा सम्पन्न भएकाे डाेल्पाे खेलकुद संघका अध्यक्ष भुचुङले जानकारी दिए ।


प्रतियाेगिताकाे उद्घाटन प्रमुख अतिथिका रूपमा पूर्व राष्ट्रिय फुटवल टीमका कप्तान तथा पूर्व नेपाली राष्ट्रिय फुटवल टीमका मुख्य प्रशिक्षक राजुकाजी शाक्यले गर्नुभएकाे थियाे । यस्तै विशेष अतिथिका रूपमा टुल्कु कर्मा साङ्वाे रिम्पाेचे र उपाल्लाे डाेल्पाका ३ वटै गाउँपालिका शे-फाेक्सुण्डाे,डाेल्पाेबुद्द र छार्काताङसाेङ गाउँपालिकाका अध्यक्षहरूकाे उपस्थिति रहेकाे थियाे। प्रतियाेगिता हेर्न उपल्लाे डाेल्पावासीकाे बाक्लाे उपस्थिति समेत रहेकाे थियाे ।
पुरूष फुटवल टीममाःफाेक्सुण्डाे,भेन्चाङ-A,भेन्चाङ-B,साल्दाङ फुटबल टिम,भिजेर-A,भिजेर-B,छार्काताङसाेङ-A,छार्काताङसाेङ-B,नाङ्खाेङ थन्डर फुटवल टीम,याक टिम, ताराप खाेङ्गला टीम,क्रिष्टल माउन्टेन फुटवल टीम,ताराप फुटवल टीम र स्वयम्भु डाेल्पाे टीम प्रतियाेगितामा सहभागि थिए ।
पुरूष तर्ककाे उपाधि नाङ्खाेङ याक टीम ले जित्न सफल भयाे भने फष्ट रनर अप भेन्चाङ-B र सेकेण्ड रनर अपमा भेन्चाङ-A सिमित भयाे । पुरूष तर्फकाे फेयर प्ले ट्रफी भिजेर-A ले प्राप्त गर्न सफल भयाे । यस्तै प्रतियाेगिताकै हाइएस्ट स्काेरर लाेडे ग्याल्चेन गुरूङ बने,बेस्ट प्लेयरकाे अवार्ड याक टीमका खेलाडी कार्मा बने भने बेस्ट गाेल किप्परकाे ट्रफी भेन्चाङ-B का गाेलरक्षक पेमा धानढुल भए ।
यस्तै महिला तर्फ भनेः
भिजेर गल्स टीम,नाङ्खाेङ सुपर गल्स टीम, भेन्चाङ-A,भेन्चाङ-B सहभागि थिए ।
यस्तै महिला तर्फकाे उपाधि भिजेर गल्स टीम उचाल्याे । फष्ट रनर अप भेन्चाङ-A सिमित भयाे भने सेकेण्ड रनर अपमा नाङ्खाेङ सुपर गल्स टीम बन्न सफल भयाे ।
फेयर प्ले टीमकाे ट्रफी भेन्चाङ-B बन्न सफल भयाे । यस्तै हाइएस्ट स्काेरर भिजेर टीमकी उर्कीन साङ्माे गुरूङ बनिन्,बेस्ट प्लेयरकाे अवार्ड भेन्चाङ-A टीमकी खेलाडी राब डाेल्मा चुम्न सफल भइन् भने बेस्ट गाेल किप्परकाे ट्रफी नाङ्खाेङ सुपर गल्स टीमकी गाेलरक्षक पेमा कुनसाङ्गले चुम्म सफल भइन् ।
डाेल्पाे खेलकुद संघले विगतका वर्षहरूमा समेत उपल्लाे डाेल्पाका ३ गाउँपालिका भित्रका फुटवल टीमबिच फुटवल प्रतियाेगिता गर्दै आएकाे छ । दाेस्राे पटक आयोजना गरिएकाे प्रतियाे गितामा पहिलेकाे भन्दा प्रतियाेगिता झन् भव्य र सफल मात्र नभएकाे फुटवलप्रति क्रेज नै बढेकाे संघका अध्यक्षले भुचुङले जानकारी दिए । निकट भविष्यमा पनि प्रतियाेगिता जारी राख्ने उनकाे भनाइ छ । प्रतियाेगितामा फिफा रेफ्री ल्याएकाले पनि राम्राे भएकाे आयोजककाे दावी छ ।
प्रतियाेगिताकाे मुख्य प्रायाेजक डाेल्पाे साेसाइटी,शे-फाेक्सुण्डाे,डाेल्पाेबुद्द र छार्काताङसाेङ गाउँपालिका रहेका थिए भने प्रायाेजकमा हाेटल मण्डला,हिमालयन म्युजियम,डाेल्पाे टुल्कु च्यारिटेवल फाउन्डेसन,Revival of Vijer,Explore dolpa, सिन्धु स्पाेर्टस् चावहिल एण्ड जाेरपाटी रहेका छन् । मिडीया पार्टनर भने इमान्दार खवर डटकम (imandarkhabar.com) रहेकाे थियाे ।








- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -