काठमाडौं, प्रचण्ड–माधव समूहका नेता नारायणकाजी श्रेष्ठले सर्वाेच्च अदालतले नेकपाको बारेमा गरेको फैसलाबारे फेरिसडाँडामा बस्ने स्थायी कमिटी बैठकबाट निर्णय लिइने बताएका छन् ।सर्वाेच्च अदालतले आइतबार नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ऋषि कट्टेलको पक्षमा भएको फैसला गरेसँगै उनले यस्तो अभिव्यक्ति दिएका हुन् ।
उनले भनेका छन्, ‘सर्वोच्च अदालतको एउटा इजलासले आज हाम्रो पार्टी नेपाल कम्युनिस्ट पार्टी (नेकपा )को बारेमा गरेको फैसला, त्यसको समग्र पक्ष र हाम्रो नीतिका सम्बन्धमा ११ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्ने स्थायी कमिटीको बैठकबाट निर्णय लिइनेछ ।’