सुर्खेत,आगामी फागुन २६ देखि २९ सम्म हुने ‘कर्णाली उत्सव’ मा युवा साइकलयात्री तथा टुरिष्ट गाइड रामचन्द्र वस्नेत (भाष्कर) को एकल फोटो प्रदर्शनी हुने भएको छ । ओझेलमा परेका कर्णालीका पर्यटकीय गन्तव्यलाई साइकलमा यात्रा गर्दै क्यामेरामा कैद गरेका सुन्दर तस्बिरहरू प्रदर्शनीमा राखिने भएका छन्।