राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा तालिका सार्वजनिक गरेको छ । जेठ २६ गतेदेखि हुने परीक्षाको तालिका सार्वजनिक भएको हो ।यसअघि बोर्डको हिजो मंगलबार बसेको बैठकले कक्षा १२ को परीक्षा जेठमा गर्ने निर्णय गरेको थियो ।परीक्षा बोर्डअन्तर्गत परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरले बुधबार गोरखापत्रमा कक्षा १२ को परीक्षा तालिका प्रकाशित गरेको छ ।जेठ २६ गतेदेखि हुने परीक्षा बिहान ८ देखि ११ बजेसम्म हुनेछ ।