spot_img

कर्णालीको सत्ता समीकरणमा रस्साकस्सी, एमाले संसदीय दलमा कँडेललाई ज्वालाको टक्कर

spot_img

सर्वाेच्च अदालतको फैसलाअनुसार नेकपा (एमाले) र माओवादी केन्द्र ब्युँतिएपछि कर्णालीको सत्ता समीकरण फेरबदल हुने देखिएको छ ।कर्णाली प्रदेशसभामा नेकपा एमालेका सभामुखसहित २०, माओवादी केन्द्रका १३, नेपाली कांग्रेसका छ र राष्ट्रिय प्रजातन्त्र पार्टीका एक सांसद छन् । एमाले र माओवादी केन्द्र अलग–अलग पार्टी भएपछि कर्णालीमा एमाले बलियो स्थितिमा देखिन्छ ।

कांग्रेस, माओवादी र राप्रपा मिल्लान् ?माओवादी केन्द्र, नेपाली कांग्रेस र राप्रपा मिल्दा २० जना सांसद हुन्छन् । तीन दल मिल्दा २० सांसद हुने भएपछि कर्णालीको सत्ता समीकरण कस्तो बन्ला भन्ने चासोका साथ हेरिएको छ । कतिपयले यी तीन दल मिलेर गठबन्धन निर्माण गर्ने सम्भावना रहेको पनि जनाएका छन् ।यद्यपि गठबन्धनका विषयमा छलफल नभएको नेपाली कांग्रेसका एक सांसदले बताए । ‘माओवादी केन्द्र, कांग्रेस र राप्रपाको गठबन्धनको सरकार बनाउने विषयमा कुनै छलफल भएको छैन,’ उनले भने, ‘अरुसँग पनि त्यस विषयमा छलफल भएको छैन ।’

तर, माओवादी केन्द्रका एक सांसदका अनुसार कांग्रेस, माओवादी केन्द्र र राप्रपाबीच गठबन्धन निर्माण गर्ने विषयमा कुराकानी गर्ने तयारी भइरहेको छ ।को बन्ला एमाले संसदीय दलको नेता ?संसदीय दलको नेता चयनमा एमालेभित्रै रस्साकस्सी हुने देखिएको छ । संसदीय दलको नेतामा यमलाल कँडेल र प्रकाश ज्वालाबीच प्रतिस्पर्धा हुने देखिन्छ । कँडेल, ओली र ज्वाला माधव नेपाल पक्षका हुन् ।२०७४ साल माघमा एमाले संसदीय दलमा कँडेल चुनिएका थिए । कँडेल संसदीय दलको नेत चयन हुँदा उनीसँग १२ र ज्वालासँग आठ सांसद थिए । अहिले स्थिति उल्टिएर ज्वालाको पक्षमा १२ र कँडेलको पक्षमा आठ सांसद छन् ।केन्द्रमा आएको विवादले कर्णालीमा एमालेको समीकरण बदलिएको हो । एमालेबाट मन्त्री भएका र ओलीपक्षका दल रावल र नन्दसिंह बुढा नेपाल पक्षमा लागेका छन्, त्यस्तै सांसद पदम रोकायाले पनि कँडेलको साथ छाडेका छन् ।

ज्वाला पक्षका एक नेताले एमाले संसदीय दलमा आफूहरू बहुमतमा रहेकाले कुनै हालतमा ओली पक्षका कँडेललाई संसदीय दलको नेतामा प्रस्ताव नगर्ने बताए ।‘हामी अहिले बहुमतमा छौँ । १२ जना सांसद हामीसँग हुनुहुन्छ,’ उनले भने, ‘कँडेलविरुद्ध बरु हामीले अविश्वासको प्रस्ताव राख्छौँ । मुख्यमन्त्री त कहाँ–कहाँको कुरा भयो ।’

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img