spot_img

दैलेखमा बस दुर्घटना हुँदा दुईको मृत्यु

spot_img

काठमाडौँ, कर्णाली राजमार्गको दैलेख सडकखण्डको आठविस नगरपालिका–१ टुईकुनामा मिनीबस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । मिनीबस दुर्घटनामा मृत्यु हुनेमा कालिकोटको भर्ती गाविस वडा नम्बर–९ का अन्दाजी ३८ वर्षीय जितेन्द्रबहादुर शाही र कालिकोटकै नरहरिनाथ गाउँपालिकाका कमल विक रहेको प्रहरीले जानकारी दिएको छ ।

कालिकोटदेखि सुर्खेतका लागि छुटेको ०२००१ ख २४७ नम्बर बस दुर्घटना हुँदा १० जना घाइते भएको जिल्ला प्रहरी कार्यालय दैलेखका डिएसपी अनुप श्रेष्ठले जानकारी दिए । १० जना मध्ये ७ जना घाइतेलाई एम्बुलेन्स मार्फत सुर्खेत पठाइएको डिएसपी श्रेष्ठले बताए । बस राजमार्गबाट करिब ५० मिटर तल खसेको छ । बसमा कालिकोटबाट १८ यात्री सवार रहको दिए ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img