तनहुँमा नदीले बगाएर एक जनाको मृत्यु भएको छ । शुक्लागण्डकी नगरपालिका–८ ढोरफिर्दीस्थित सेती नदीले बगाएर ४६ वर्षीय भीमबहादुर थापाको मृत्यु भएको इलाका प्रहरी कार्यालय बेलचौताराले जनाएको छ ।शुक्लागण्डकी नगरपालिका–८ कै थापा नुहाउका लागि नदीमा गएका थिए । नुहाउने क्रममा बगाएपछि उनी वेपत्ता भएका थिए ।
जगदीश रेग्मीले जानकारी दिएका छन् । उनले कपाडा फुकालेको भन्दा केही पर शव भेटिएको इलाका प्रहरी कार्यालय बेलचौताराका प्रहरी निरीक्षक जगदीश रेग्मीले जानकारी दिए। थापालाई नदीले बगाएको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।