spot_img

बैठक नबोलाउँदा नेपाल पक्ष असन्तुष्ट

spot_img

काठमाडौं,  एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई एकताबद्ध बनाउने उद्देश्यसहित तत्काल बैठक बोलाउन माधव नेपाल पक्षले माग गरेको छ । नेपाल पक्षले अध्यक्षले बैठक बोलाउन ढिलाइ गरेको भन्दै असन्तुष्टि व्यक्त गरेको छ ।सर्वोच्चको फैसलापछि नेकपा पूर्व एमाले र पूर्व माओवादी हैसियतमा पुगे पनि एमाले अध्यक्षको हैसियतले ओलीले बैठक बोलाउन ढिला गरेपछि नेपाल समूहले लागातार आफ्नो समूहको गुटगत भेला गर्दै बैठक बोलाउन दबाब दिँदै आइरहेको छ।

बुधबार केन्द्रीय समिति सदस्यबीच छलफल गरेको माधव पक्षले बिहीबार स्थायी समिति सदस्यसँग छलफल गर्दै अध्यक्ष ओलीलाई तत्काल बैठक बोलाउन माग गर्ने निर्णय गरेको हो ।नेकपा एमालेलाई एकताबद्ध गरेर विधि, प्रणाली र पद्धतिबाट कसरी अघि बढ्ने तथा पार्टीको नेतृत्वमा रहेको सरकारलाई मजबुत बनाउने लगायतका विषयमा छलफल गर्न यथाशीघ्र बैठक बोलाउनुपर्छ भन्नेमा बिहीबारको बैठकले जोड दिएको बताइएको छ ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img